Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-06-13
Expiry Date: 2023-06-17

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही

साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।०२।२९ गते, सोमवार
अवधिः वि.सं. २०८०।०२।२२ देखि २०८०।०२।२८ गतेसम्म (ई.सं. २०२३,२३औं हप्ता) ।
साप्ताहिक अंक: २३/२०२३


१. जापान भ्रमणमा रहेको टोलिको नेपाल आगमन
सिद्धार्थ बाल तथा महिला अस्पताललाई ३०० शैयाको विशिष्टीकृत अस्पतालमा स्तरोन्नतिका लागि सहयोग जुटाउने उद्देश्यका साथ जापान भ्रमणमा रहेको ६ सदस्यीय टोलि २४ जेष्ठ २०८० मा नेपाल फर्किएको छ  । अस्पतालका अध्यक्ष एवं बुटवल उप-महानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डेयको नेतृत्वमा रहेको टोलीमा बुटवल उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष श्री उज्ज्वल कसजु, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री जीवन प्रसाद वझा, आम्दा-नेपालका निवर्तमान अध्यक्ष डा. ऋषिकेश नारायण श्रेष्ठ एवं  सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल रहनुभएको थियो । टोलीले सुजा सिटीमा अपाङ्गता भएकालाई दिईएको सेवा तथा फोहोर व्यवस्थापन पद्धतिको अवलोकन र अन्तरक्रिया, ओकायामा फ्रेक्चर विश्वविद्यालयमा मेडिकल/नर्सिंग विद्यार्थीहरूसँग अन्तरक्रिया, नगरपालिकाद्वारा संचालित ४०० शैयाको ओकायामा सिटि अस्पतालको अवलोकन र अन्तरक्रिया, १,००० शैयाको कुरासिकी सेन्ट्रल अस्पतालको अवलोकन र अन्तरक्रिया, ओकायामा उद्योग वाणिज्य संघका पदाधिकारीहरूसंग छलफल एवं अन्तरक्रिया, आम्दा होयेगोमा गई छलफल एवं अन्तरक्रिया आदि क्रियाकलापमा सहभागी भएको थियो ।
 
२. नियमित सरसफाई कार्यक्रम  
अस्पतालले प्रत्येक शुक्रवार गरिरहेको अस्पताल सरसफाई कार्यक्रमलाई २०८०/०२/२६ गते पनि निरन्तरता दिएको छ । यस अन्तर्गत अस्पताल परिसरलाई सरसफाई गरि स्वच्छ, सफा र आकर्षक राख्नका लागि सबै जनाको सहभागितामा निरन्तरता दिईदैआएको छ ।
 
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
अस्पतालका नियमित सेवाको समीक्षाका साथै देखिएका समस्याहरू सम्बन्धमा छलफल एवं सोको समाधानका लागि आवश्यक कार्यका सम्बन्धमा अस्पतालका विभिन्न विभागका प्रमुख एवं प्रशासनिक एकाईहरूको प्रत्येक हप्ता बैठक बस्ने गरेकोमा यस सप्ताह २०८०/०२/२८ का दिन बैठक बस्यो ।
बैठकमा अस्पतालका विविध विभागमा भएका गतिविधि एवं प्रगतिका सम्बन्धमा छलफल हुनुका साथै  अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले जापान भ्रमणमा भएका गतिविधिहरू बारे बताउनुभयो।

धन्यबाद!

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.