Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-10
Expiry Date: 2024-06-15

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०२।२८ गते, सोमबार
अवधिः वि.सं. २०८१।०२।२० देखि वि.सं. २०८१।०२।२६ गते सम्म (ई.सं. २०२४, २३ औं हप्ता) ।
साप्ताहिक अंक: २३/२०२४


१. श्रद्घाञ्जली अपर्ण तथा समवेदना ।
आम्दा नेपालको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी श्री विण्णु अधिकारीकी ममतामयी आमाको स्वर्गवास भएकोमा वि.सं. २०८१।०२।२० गते आम्दा नेपालका सचिव डा. अनिल कुमार दास सहित केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरू समेत कृयास्थल, धादिङ् मा उपस्थित भइ समवेदना प्रकट गरिएको छ । 

२. आन्तरिक व्यवस्थापन ।
आम्दा नेपाल मातहतका अस्पतालहरूमा गठित आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीहरूको विवरण अध्यावधिक गरिएको छ ।

३. शिलवन्दी दरभाउ आव्ह्रान ।
आम्दा नेपाल मातहतका अस्पतालहरूका लागी केही मेडिकल उपकरणहरू खरिद गर्न शिलवन्दी दरभाउ आव्ह्रान गर्दै वि.सं. २०८१।०२।२३ गते सुचना नं. ९९८४ प्रकाशन गरिएको छ ।

४. Electro surgical generator खरिद सहमति प्रदान ।
आम्दा अस्पतालको प्रयोजनको लागी Electro surgical generator खरिद सहमति प्रदान गरिएको छ ।

५. राजिनामा स्विकृत ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा कार्यरत कर्मचारी श्री सरोज सुवेदी (अधिकृत प्रशिक्षक) र श्री दिवस गौतमले (अधिकृत प्रशिक्षक)राजिनामा दिनुभएकोमा दुवै जनाको राजिनामा वि.सं. २०८१।०२।१७ गते देखी लागु हुने गरी स्विकृत गरिएको छ ।

६. लेखा परिक्षकको नियुक्ति ।
आम्दा नेपालको साधारण सभाले नियुक्त गरेको श्री जी एण्ड जी एशोसियट्स लाइ आ.व. २०८०/०८१ को अन्तिम लेखा परिक्षण सम्पन्न गर्न लेखा परिक्षक नियुक्त गरिएको छ ।

७. मासिक प्रतिवेदन पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरको मासिक प्रगति प्रतवेदन वि.सं. २०८१।०२।२५ गते पेश गरिएको छ ।

८. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०२।२८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
दर्ता नविकरणः
आम्दा नेपाल संस्था र अन्तरगत सञ्चालित कार्यक्रमहरूको प्रचलित कानून वमोजिम गर्नु पर्ने दर्ता नविकरण गर्न आवश्यक व्यवस्था गर्ने ।
प्रशासन
२०८१०३१०
योजना र कार्यक्रमः
आम्दा नेपालले सञ्चालन गर्दै आएका कार्यक्रमहरूको स्विकृति र प्रतिवेदन पेश गर्न आवश्यक व्यवस्था गर्ने ।
कार्यक्रम
२०८१०३१०

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
परिपत्र गर्नेः
दर्ता नविकरण गर्नु गराउनु पर्ने कार्यक्रमहरूको तोकिएको समयसिमा भित्र दर्ता नविकरण गराउन परिपत्र गर्ने ।
प्रशासन
२०८१०३१०

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.