दमक, झापा
प्रकाशन मितिः २०८१।०३।०३ गते, सोमवार
(अवधि वि.सं. २०८१।०२।२८ देखि २०८१।०३।०२ सम्म । इ.सं. २०२४, २४ औं हप्ता)
१. वर्षे विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८०/०८१ मा अध्यनरत नर्सिंङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्निसियन, र रेडियोग्राफी तर्फका विधार्थीहरु तथा प्रशिक्षकहरूको वर्षे विदा मिति २०८१/०२/२७ गते आइतबार देखि शुरू भएको छ | साथै मिति २०८१/०३/०९ गते आइतबार देखि नियमित रुपमा पठन पाठन संचालन रहनेछ |
२. “Performance Management Training”
आम्दा नेपालद्वारा आयोजित दुइ दिने “Performance Management Training” तालिममा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको प्राचार्य श्री प्रमिला देवानज्यू सहभागी हुनुभएको थियो।
३. Comprehensive Community Field
सामान्य चिकित्सा कार्यक्रम तेस्रो वर्षका पहिलो समूहका प्रशिक्षार्थीहरुले मिति २०८१/०२/३१ गते देखि Comprehensive Community Field पोष्टिङ्ग आम्दा मेची अस्पताल, धुलाबारीमा सम्पन्न भएको छ। दोश्रो समूह मिति २०८१/०२/३२ देखि मिति २०८१/०४/३१ गते सम्मको Comprehensive Community Field पोष्टिङ्ग पठाइएको छ।