Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-07-02
Expiry Date: 2023-07-08

आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही

साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८०।०३।१८ गते, सोमवार 
अवधिः वि.सं. २०८०।०३।११ देखि २०८०।०३।१७ गतेसम्म (ई.सं. २०२३,२६औं हप्ता) ।
साप्ताहिक अंक: २६/२०२३

१. ग्रीनभ्यालीद्वारा अस्पताल परिसरमा वृक्षारोपण 

रोटरी क्लबको समन्वयमा ग्रीनभ्याली, काठमाण्डौद्वारा २०८०/०३/१७ गतेका दिन सि.बा.म. अस्पताल परिसरमा वृक्षारोपण सम्पन्न भएको छ । ग्रीनभ्यालीले काठमाण्डौ लगायतका विभिन्न स्थानमा वृक्षारोपण गर्दै आएकोमा संस्थाको लक्ष्य अनुरुप सि.बा.म.परिसरमा समेत वृक्षारोपण गरिएको संस्थाका अध्यक्षले बताउनुभयो ।

२. नियमित सरसफाई कार्यक्रम   
अस्पतालले प्रत्येक शुक्रवार गरिरहेको अस्पताल सरसफाई कार्यक्रमलाई २०८०/०३/१५ गते पनि निरन्तरता दिएको छ । यस अन्तर्गत अस्पताल परिसरलाई सरसफाई गरि स्वच्छ, सफा र आकर्षक राख्नका लागि सबै जनाको सहभागितामा निरन्तरता दिईदैआएको छ ।

 

३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक    
अस्पतालमा हप्ताभरि भए/गरेका गतिविधि, प्रगति, देखिएका समस्या र सो को समाधान आदि विषयमा छलफल गर्नका लागि साप्ताहिक रूपमा हुने विभागीय प्रमुखहरूको बैठक मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालज्यूको अध्यक्षतामा २०८०/०३/१७ गते अस्पतालको सभा हलमा बस्यो । बैठकले अस्पतालले विभिन्न सेवा प्रदान गरे वापत सेवाग्राहीबाट लिने शुल्क पुनरावलोकन गर्नुपर्ने सम्बन्धमा छलफल गर्यो । यसरि शुल्कलाई पुनरावलोकन गर्दा सेवाग्राहीले न्युनतम शुल्कमा सेवा पाउनुपर्ने र अस्पताल पनि स्वावलम्बी हुनुपर्ने तथ्यलाई ध्यानमा राख्दै केहि सेवाको शुल्क घटाउने र केहीको शुल्क बढाउने सम्बन्धमा प्रारम्भिक छलफल भयो ।

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.