दमक, झापा
प्रकाशन मितिः २०८१।०३।१७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०३।१० देखि २०८१।०३।१६ सम्म । इ.सं. २०२४, २६ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत डिप्लोमा तह सामान्य चिकित्सा र मेडिकल ल्याव टेक्नोलोजी प्रथम वर्षको नतिजा प्रकाशन भएको छ।
३. क्लिनिकल पोष्टिङ्ग
सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षका विद्यार्थीहरूको आम्दा अस्पताल र लखनपुर स्वास्थ्य चौकी, कमल -६ मा एक महिने क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
४. Comprehensive Community Field
सामान्य चिकित्सा कार्यक्रम तेस्रो वर्षका विद्यार्थीहरूको Comprehensive Community Field आम्दा मेची अस्पताल, धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा निरन्तर सञ्चालन भइरहेको छ।
५. प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन
नर्सिङ्ग तेश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूको मिति २०८१ असार १६ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन पोष्टिङ्ग शुरू भएको छ।
६. प्रवेश परीक्षा आवेदन फाराम
शैक्षिक सत्र २०८१/०८२ का लागि प्रवेश परीक्षा आवेदन फाराम मिति २०८१ असार १६ गते देखि वितरण भइरहेको छ।