Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-07-20
Expiry Date: 2023-07-23

आम्दा-नेपाल

सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही

साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८०।०४।०१ गते, सोमवार 

अवधिः वि.सं. २०८०।०३।२५ देखि २०८०।०३।३१ गतेसम्म (ई.सं. २०२३,२८ औं हप्ता) ।

साप्ताहिक अंक: २८/२०२३
 

१. ग्रीनभ्यालीद्वारा अस्पताल परिसरमा वृक्षारोपण 

मिति २०८० असार २७ गतेका दिन अस्पतालका डाक्टर र नर्सिंग कर्मचारीहरूका लागि Continuous Medical Education (CME) कार्यक्रम सम्पन्न भयो । CME संयोजक डा. सुन्दर न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको CME मा सिकिस्त बाल बिरामीको पहिचान र व्यवस्थापन र Emergency Triage Assessment and Treatment (ETAT) का बारेमा छलफल भएको थियो । ९ चिकित्सक, ३४ नर्सिंग कर्मचारी तथा २ अन्य गरि कूल ४५ जनाको उपस्थिति रहेको उक्त CME मा प्रस्तुतीकरणका साथै भूमिका प्रदर्शन (Role play) का माध्यमद्वारा प्रयोगात्मक ज्ञान समेत प्रदान गरिएको थियो । अन्य थप विषय र पालैपालो सबै स्वास्थ्यकर्मीलाई समेट्दै जाने गरि CME लाई निरन्तरता दिने जानकारी CME संयोजक डा. सुन्दर न्यौपानेले दिनुभयो ।

 

२. नियमित सरसफाई कार्यक्रम   

अस्पतालले प्रत्येक शुक्रवार गरिरहेको अस्पताल सरसफाई कार्यक्रमलाई २०८०/०३/२९ गते पनि निरन्तरता दिएको छ । यस अन्तर्गत अस्पताल परिसरलाई सरसफाई गरि स्वच्छ, सफा र आकर्षक राख्नका लागि सबै जनाको सहभागितामा निरन्तरता दिईदैआएको छ ।

 

३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक    

अस्पतालमा हप्ताभरि भए/गरेका गतिविधि, प्रगति, देखिएका समस्या र सो को समाधान आदि विषयमा छलफल गर्नका लागि साप्ताहिक रूपमा हुने विभागीय प्रमुखहरूको बैठक मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालज्यूको अध्यक्षतामा २०८०/०३/३१ गते अस्पतालको सभा हलमा बस्यो । हप्ताभरि अस्पतालमा आएका बिरामीहरूको संख्या, प्रदान गरिएका सेवाहरूको अवस्था आदि बारेमा छलफल भएको थियो ।
 

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.