Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-08-24
Expiry Date: 2021-08-31

AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न  
आम्दा माइन्ड्स जापानको आर्थिक सहयोगमा संचालित यस आम्दा नेपाल MCH Project दाङको गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समिति (Rural Municipality Project Advisory Committee –RMPAC) को बैठक गत हप्ता सम्पन्न भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष श्री सहजराम अहिरको अध्य्यक्षतामा सम्पन्न भएको उक्त बैठक मा  MCH Project दाङका Program Manager राजेन्द्र रुचाल द्वारा परियोजनाको बिगत  ६ महिनाको प्रगति विवरण तथा आगामी कार्य योजना समितिको बैठकमा  प्रस्तुत गर्नुभएको थियो । बैठकमा परियोजना सल्लाहकार समितिकासदस्यहरु सहित प्रदिप राज पन्त (Program Coordinator-AMDA MINDS), अच्युत सापकोटा (A/F Senior officer_AMDA Nepal), गाउँ पालिका उपध्यक्ष शान्ति चौधरी, प्रमुख प्रशाकिय अधिकृत लाल बहादुर योगी, बिषयगत शाखा प्रमुख हरु, वडा अध्यक्षहरु तथा स्वास्थ्य इकाई प्रमुख हरुको उपस्थिति रहेको थियो ।

सामुदायिक स्वास्थ्य इकाई ब्यबस्थापन समितिको अभिमुखीकरण सम्पन्न
यस परियोजना द्वारा गढवा १ कालाकटे सामुदायिक स्वास्थ्य इकाई ब्यबस्थापन समिति लाइ २ दिने अभिमुखीकरण सम्पन्न भएको छ । मिति २०७८ श्रावन ३२ र भाद्र १ गते संचालन भएको उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय स्वास्थ्य सेवाका न्युनत्तम मापदण्ड, स्वास्थ्य संस्था संचालन र ब्यबस्थापनमा समितिको भूमिका जस्ता बिषय मा अभिमुखीकरण गरिएको थियो ।कार्यक्रम को सहजीकरण गढवा गाउँ पालिका का स्वास्थ्य संयोजक कैलाश चन्द्र चौधरी, परियोजना प्रबन्धक राजेन्द्र रुचाल, प्रदिप राज पन्त (Program Coordinator-AMDA MINDS) र कार्यक्रम अधिकृत प्रयाश लम्साल ले गर्नु भएको थियो ।


स्वास्थ संस्था भवन निर्माण प्रगति
आम्दा माइन्ड्स जापान को आर्थिक सहयोगमा परियोजना द्वारा  यस बर्षको स्वास्थ्य संस्था भवन निर्माण योजना अन्तर्गत गाउँपालिकाको वडा २ महादेवामा गत हप्ता स्वास्थ्य इकाई भवनको स्ल्याब ढलानको काम सम्पन्न भएको छ  भने यसै हप्ता वडा न. ३ को गोबरडिहामा स्ल्याब ढलान को तयारि मा रहेको छ । यसै गरि गढवा वडा न. ५ र ६ मा गाउँ घर क्लिनिक को निर्माण कार्य अर्को हप्ता देखि शुरुवात गर्ने योजना रहेको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.