Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-08-24
Expiry Date: 2020-08-31

AMDA Nepal
MCH Poject, Dang
मुख्य गतिविधिहरु :-
सामुदायिक स्वास्थ्य परिचालक को तालिम सम्पन्न

यस परियोजनामा कार्यरत सामुदायिक स्वास्थ्य परिचालक हरुलाइ मातृशिशु स्वास्थ्य तथा समुदाय परिचालन सम्बन्धि दुई दिने तालिम दिईएको छ । तालिम मा कोभिड १९ को महामारीमा समुदायिक  जनचेतना, आमा र बच्चा को स्वास्थ्य समस्याको रोकथाम तथा नियन्त्रण तथा समुदाय परिचालन तरिका जस्ता बिषय हरु समाबेश गरिएको  थियो । तालिमको सहजीकरण परियोजना प्रवन्धक राजेन्द्र रुचाल, कार्यक्रम अधिकृत रोहित श्रेष्ठ तथा आम्दा माइन्ड्सका परियोजना अधिकृत प्रदिप राज पन्त ले गर्नु भएको थियो ।

Quarterly Review Meeting सम्पन्न
गत हप्ता यस परियोजनाको Quarterly Review Meeting सम्पन्न भएको छ । कार्यक्रममा परियोजना ले अहिले सम्म गरेका गतिबिधि तथा आगामी कार्यक्रम हरुको बारेमा छलफल गरिएको थियो। तेस्तै कोभिड १९ को विषम परिस्थितिमा परियोजनाका गतिबिधि लाइ कसरि अगाडी बढाउने बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रममा MCH project Team को साथमा आम्दा माइन्ड्सको तर्फ बाट परियोजना अधिकृत प्रदीपराज पन्त को उपस्थिति रहेको थियो भने आम्दा नेपालका मुख्य प्रशासक श्री सुदेश रेग्मी र आम्दा माइन्ड्सका कार्यक्रम संयोजक रघुनाथ अधिकारिले (Virtual meeting) बिधि द्वारा सहभागिता जनाई आ आफ्नो भनाइ ब्यक्त गर्नु भएको थियो ।

समुदाय स्तरीय गतिबिधि स्थगित
कोभिड १९ को बढ्दो अबस्था लाइ मध्यनजर गर्दै परियोजनाद्वारा संचालन गर्दै आएको स्वास्थ्य आमा समुहको बैठक सहजीकरण गर्ने काम स्थगित गरिएको छ । परियोजनाको बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य संस्था भवन निर्माण कार्य निरन्तर अगाडी बढिरहेको छ भने, समुदाय स्तर मा गरिने छलफल, बैठक तथा तालिम जस्ता गतिविधिहरु स्थगित भएका छन् ।
 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.