Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-09-07
Expiry Date: 2020-09-14

AMDA Nepal
MCH Project
Dang
मुख्य गतिविधिहरु:-
कोभिड १९ सुरक्षा सामाग्री हस्तान्तरण
गत हप्ता आम्दा नेपाल तथा आम्दा माइन्ड्स जापानको समन्वय र सहकार्यमा गढवा गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी हरुलाई कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धि सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणको बढ्दो अबस्थाले गर्दा गाउपलिकाबाट सहयोग माग भइआएको र AMDA MCH project द्वारा AMDA MINDS संग समन्वय गरि करिब ८० हजार बराबरको Sanitizer, IR thermometer, Spray cylinder, disinfectant, Mask, Gloves, face shield जस्ता सामाग्रीहरु  एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष सहजराम यादव लाइ हस्तान्तरण गरिएको थियो ।



सामुदायिक  स्वास्थ्य इकाई भवन निर्माण कार्य
आम्दा माइन्ड्स जापानको आर्थिक सहयोग तथा आम्दा नेपालको  समन्वय र सहकार्यमा गढवा गाउँपालिकाको  वडा नम्बर १ कलाकाटे र वडा नम्बर २ चिमचिमेमा  सामुदायिक स्वास्थ्य इकाई तथा वडा नम्बर ८ खबरी नाका मा गाउँ घर क्लिनिक भवन निर्माण कार्य निरन्तर अगाडी बढिरहेको छ । निर्माण कार्यमा वडा अध्यक्ष तथा स्थानियहरुद्वारा आबस्यक समन्वय तथा सहयोग भैरहेको छ भने परियोजनाका कर्मचारीहरु द्वारा उक्त निर्माण कार्यको निरन्तर अनुगमन तथा सुपरिबेक्षण भैरहेको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.