Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-25
Expiry Date: 2023-10-01

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०६।०८ गते, सोमवार
(अवधि वि.सं. २०८०।०६।०१ देखि २०८०।०६।०७ सम्म । इ.सं. २०२३, ३८ औं हप्ता)
 
१. निशुल्क आँखा शिविर कार्यक्रममा सहभागिता
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत रहेका सामान्य चिकित्सा तर्फका अन्तिम वर्षका विद्यार्थीहरुबाट धुलाबारी स्वास्थ्य चौकीमा  PHC Posting मा रहंदा मिति २०८०/०६/०४ गते राधास्वामी स्वास्थ्य उपचार क्लिनिकद्वारा मेचीनगर-०७, इट्टाभट्टामा संचालन गरेको निःशुल्क आँखा शिविर कार्यक्रममा सहभागिता जनाएको छ l
 
२. PHC Management को निमित्त् Posting
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिंग तेस्रो वर्षमा अध्ययनरत पहिलो समुहका विद्यार्थीहरु PHC Management को लागि मिति २०८०/०६/०६ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र, लेटाङ् मा आवासीय Posting को लागि रवाना भएका छन् l
३. Hospital Leadership and Management Posting
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिंग तेस्रो वर्षमा अध्ययनरत दोश्रो  समुहका विद्यार्थीहरुको आम्दा अस्पताल ,दमकमा Hospital Leadership and Management Posting मिति २०८०/०६/०६ गते देखि शुरु भएको छ l
४. आम्दा नेपाल केन्द्रिय पदाधिकारीहरु बाट अनुगमन
मिति २०८०/०६/०७ गते यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आम्दा नेपाल कोषाध्यक्ष डा. संगीता बराल बस्नेत र आम्दा नेपाल केन्द्रीय कार्यालयका वित्त नियन्त्रक श्री रश्मी पुतुवार बाट अनुगमन समापन भएको छ l उक्त अनुगमनमा आर्थिक वर्ष २०७९/०८० मा वाह्य परिक्षकबाट उठेका मुद्दामा छलफलका साथै प्रतिष्ठानको नवनिर्मित भवनको अवलोकन गर्नुभएको छ l
५. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सा अन्तिम वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.