Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-10-09
Expiry Date: 2023-10-15

आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।०६।२९ गते, सोमवार
अवधिः वि.सं. २०८०।०६।२२ देखि २०८०।०६।२८ गतेसम्म (ई.सं. २०२३,४१औं हप्ता) ।
साप्ताहिक अंक: ४१/२०२३

१. डकुमेन्ट्री तयारि समिति  बैठक   
डकुमेन्ट्री तयारि समितिको बैठक मिति २०८०/०६/२२ गतेका दिन मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूको कार्यकक्षमा बस्यो । बैठकमा डकुमेन्ट्रीका लागि स्क्रिप्ट तयारि, डकुमेन्ट्रीमा संलग्न गरिने विषयवस्तुबारे छलफल गर्दै सोका लागि कार्ययोजना तयार गरियो ।
 
२. रक्तदान कार्यक्रम आयोजन समिति बैठक
  २५औं वार्षिकोत्सवका अवसरमा आयोजना हुने रक्दान कार्यक्रमका लागि गठित समितिको बैठक २०८०/०६/२३ गतेका दिन सचिवालय कक्षमा बस्यो ।
 
३. सुरक्षा व्यवस्थापन समिति बैठक
२५औं वार्षिकोत्सवका अवसरमा सम्पन्न हुने क्रियाकलापहरू शान्ति र सुरक्षाको हिसाबले व्यवस्थित होस् भन्ने अभिप्रायले गठित सुरक्षा व्यवस्थापन समितिको बैठक २०८०/०६/२५ गतेका दिन सचिवालय कक्षमा बस्यो । समितिले सुरक्षा व्यवस्थापनका लागि आवश्यक कार्यको पहिचान गर्दै विभिन्न कार्यका लागि उपयुक्त व्यक्तिलाई जिम्मेवारी बांडफांड गर्यो ।
 
४. वृक्षारोपण समितिको बैठक
अस्पताल परिसरमा वृक्षारोपण गरि सौन्दरियकरण गर्नका लागि गठित वृक्षारोपण समितिको बैठक २०८०/०६/२५ गतेका दिन सचिवालय कक्षमा बस्यो । बैठकमा वृक्षारोपण गरिने क्षेत्र, बोटविरुवाको किसिम आदि बारे छलफल र निर्णय भयो ।
 
५. स्वास्थ्य सचेतना समितिको बैठक
२५औं वार्षिकोत्सवका अवसरमा योजना गरिएको स्वास्थ्य सचेतना कार्यक्रमका लागि गठित समितिको बैठक २०८०/०६/२५ गतेका दिन सचिवालय कक्षमा बस्यो । बैठकले बुटवल उपमहानगरपालिका वडा नम्बर ७ को विद्यालयमा ‘व्यक्तिगत स्वास्थ्य तथा सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रम’ गर्ने तय गर्दै सोका लागि तयारि गर्ने निर्णय गर्यो ।
 
६. छपाई समिति बैठक
२५औं वार्षिकोत्सवका अवसरमा योजना गरिएका क्रियाकलापहरूका लागि विभिन्न छपाईजन्य कार्यका लागि गठित समितिको बैठक २०८०/०६/२६ गतेका दिन सचिवालय कक्षमा बस्यो । समितिले विभिन्न समितिलाई आवश्यक छपाई सामग्रीको विवरण संकलन गर्ने र सोहि अनुसार कार्य गर्ने निर्णय गर्यो ।
 
७ . Service Provider तथा site मा RMNCAH को web database orientation मा सहभागिता 
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा २०८० आश्विन २२ गतेका दिन बुटवलमा संचालन भएको Service Provider तथा site मा RMNCAH को web database orientation’ मा आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालबाट मेट्रोन श्री सुशिला विश्वकर्मालाई सहभागिताका लागि पठाइयो ।
 
 
८ . ‘अस्पताल फार्मेसीमा कार्यरत जनशक्तिहरूहरूलाई अभिमुखीकरण कार्यक्रम’ मा सहभागिता
उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभागद्वारा २०८० आश्विन २६ गतेका दिन बुटवलमा संचालन भएको ‘अस्पताल फार्मेसीमा कार्यरत जनशक्तिहरूहरूलाई अभिमुखीकरण कार्यक्रम’ मा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा फार्मेसी अधिकृतको पदमा कार्यरत श्री सन्तोष कुमार सिंहलाई सहभागिताका लागि पठाइयो ।


धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.