जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०६।२८ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।२० देखि वि.सं. २०८१।०६।२६ गते सम्म (ई.सं. २०२४, ४१ औं हप्ता) ।
साप्ताहिक अंक: ४१/२०२४
क. परियोजना शुरूवाती बैठक सम्पन्न ।
२. मासिक प्रतिवेदन ।
३. अन्तरवार्ता सम्पन्न
४. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।०६।२८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | कागजात सुरक्षाः आम्दा नेपालले संग्रहित गरिराख्नु पर्ने कागजात सुची अध्यावधिक गर्ने र सुरक्षित भण्डारणको व्यवस्था गर्ने । | कार्यक्रम २०८१०६२९ |
२ | खुदगन्ति तथा भौतिक परिक्षणः आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूमा रहेको भौतिक सरसामानको खुदगन्ति सम्पन्न गरी भौतिक परिक्षण प्रतिवेदन सुरक्षित भण्डारण गर्ने । | लेखा २०८१०७१५ |
४ | नागरिक वडापत्रः नागरिक वडापत्र अध्यावधिक गर्ने । | कार्यक्रम २०८१०६३० |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | नागरिक वडापत्रः अ ध्यावधिक नागरिक वडापत्रहरू आम्दा नेपालको वेभसाइडमा हेर्न मिल्ने व्यवस्था गर्ने । |
|
२ | व्यवस्थापन कार्यशालाः आम्दा नेपालको व्यवस्थापन कार्यशाला वि.सं. २०८१।०७।०७ गते भित्र सम्पन्न भइ प्रतिवेदन पेश गर्न आवश्यक व्यवस्था गर्ने । |
|
३ | कर्मचारी हाजिरीः पदपूर्ति समितिले नियुक्तिका लागी सिफारिश गरेका व्यक्तिले तोकिएको मिति भित्र हाजिरी नजनाएमा २ दिनको समयसिमा तोकी हाजिर हुन जानकारी गराउने । हाजिर हुन नआएमा बैकल्पिक उमेद्ववारलाइ हाजिर गराउन आवश्यक व्यवस्था गर्ने । |
|
४ | सफ्टवेयर सञ्चालनः आम्दा नेपालले छनौट गरेको लेखा व्यवस्थापन सफ्टवेयर (AMDA_CAS छोटकरीमा ACAS/आकाश) सञ्चालनका लागी आवश्यक व्यवस्था गर्ने । |
/लेखा |