सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०७।२० गते, सोमवार
अवधिः वि.सं. २०८०।०७ ।१३ देखि २०८०।०७।१९ गतेसम्म (ई.सं. २०२३,४४औं हप्ता) ।
साप्ताहिक अंक: ४४/२०२३
१. रक्तदान कार्यक्रम सम्पन्न
मिति २०८०/०७/१३ गतेका दिन अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । २५औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त कार्यक्रममा कूल ५१ जनाले रक्तदान गरेका थिए ।
२. व्यक्तिगत स्वास्थ्य तथा सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८०/०७/१३ गतेका दिन अस्पताल बुटवल उप-महानगरपालिका वडा नम्बर ७ स्थित गुरुकूलमा व्यक्तिगत स्वास्थ्य तथा सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भयो । २५औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त कार्यक्रममा गुरुकुलका सम्पूर्ण विद्यार्थी एवं शिक्षक सहभागी भएका थिए ।
३. २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
कार्यक्रमलाई स्थानीय ३ वटा टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए भने राष्ट्रिय एवं स्थानीय पत्रपत्रिकाले प्रमुखताका साथ प्रकाशन गरेका थिए ।
धन्यबाद !