Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-14
Expiry Date: 2022-11-21

                                                                                                          आम्दा मेची अस्पताल
                                                                                                        धुलावारी, मेचीनगर, झापा
 
                                                                                                          साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७।२८ गते
(अवधि वि.सं. २०७९।०७।२१ देखि २०७९।०७।२७सम्म । र्इ.सं. २०२२, ४५ औं हप्ता)
 
१. मेचीनगर नगरपालिकाबाट निर्माणधिन Ramp को स्थलगत अनुगमन
मिति २०७९/०७/२२ गते मेचीनगर नगरपालिकाको नगरस्तरीय अनुगमन समिति संयोजक एवंम नगर उपप्रमुख श्रीमती मिना पोख्रेल उप्रेती साथै प्रमुख प्रशासकिय अधिकृत र अन्य नगरपालिका का पदाधिकारीबाट निर्माणधिन Patient Ramp को अनुगमन भएको छ ꠰
२. मेचीनगर नगरपालिकामा मिति २०७९/०६/२५ गते गरेको निर्णय बमोजिम,कार्यप्रगति बारे पेश र छलफल  
मिति २०७९/०७/२४ गते आम्दा अस्पताल दमकका प्रशासक श्री सुमन कुमार नेपालबाट मेचीनगर नगरप्रमुख कक्षमा मिति २०७९/०६/२५ गते आम्दा नेपालका अध्यक्ष श्री अनिल कुमार दासको प्रमुख अध्यक्षता मा बसेको बैठकबाट भएको निर्णय बमोजिमका कार्यहरुको कार्यप्रगति पेश र छलफल भएको छ ꠰ उक्त छलफलमा मेचीनगर प्रमुखले कार्यप्रगतिको जानकारी लिदै यस कार्यलाई सफल पार्न नगरपालिकाबाट सहयोग रहने आश्वासन दिनु भएको छ ꠰
३. आम्दा नेपाल केन्द्रीय कार्यालयमा सुरक्षाकर्मी नियुक्तिबारे सिफारिस  
मिति २०७९/०७/२५ गते यस आम्दा मेची अस्पतालको लागी रात्रीकालिन सुरक्षाकर्मी नियुक्ति बारे सिफारिसको लागी आम्दा नेपाल केन्द्रीय कार्यालय पठाईएको छ ꠰
४. इमरजेन्सी विभाग अन्तरगत कर्मचारीहरु संग वैठक समापन  
मिति २०७९/०७/२५ गते यस अस्पतालका मे.सु डा. पोषण रमण त्रिपाठीको प्रमुख अद्य्यक्षता मा यस अस्पतालका इमरजेन्सी विभाग अन्तर्गतका कर्मचारी संग वैठक समापन भयो ꠰ उक्त वैठकमा इमरजेन्सी विभागलाई थप व्यवस्थित गर्दै लैइजाने विषयमा छलफल भयो ꠰
५. स्वास्थ्य कार्यालय भद्रपुरबाट अनुगमन  
मिति २०७९/०७/२७ गते स्वास्थ्य कार्यालय भद्रपुरबाट यस अस्पतालमा अनुगमन भएको छ ꠰  उक्त अनुगमन टोली बीच अस्पतालको पूर्वाधार निरक्षण साथै अस्पताल संचालन गतिविधि उपर छलफल भएको छ ꠰
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.