Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-12-12
Expiry Date: 2022-12-18

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०७९।०८।२६ गते, सोमवार (.सं. २०२२ डिसेम्बर १२)

(अवधि वि.सं. २०७९।०८।१८ देखि २०७९।०८।२४ सम्म । ई.सं. २०२२, ४९ औं हप्ता) 


१.
 
कार्यकारिणी समितिको बैठक सम्पन्न
आम्दा नेपाल कार्यकारिणी समितिको चौधौं बैठक वि.सं. २०७९।०८।२३ गते शुक्रबार निम्न विषयहरूमा छलफल तथ निर्णय सहित सम्पन्न भएको छ ।
क. आम्दा नेपालको ६१ औं साधारण सभाका निर्णयहरूको कार्यान्वयन व्यवस्था
. त्रैमासिक अग्रिम कर कट्टी विवरण ।
. आर्थिक वर्ष २०७७/०७८ को कर परिक्षण ।
. कर बक्यौता ताकेता
. कर्मचारी नियुक्ति
. कर्मचारी बढुवा ।
. पूर्वाधार निरिक्षण
. साँगठनिक संरचना,  दरवन्दी एवं कर्मचारी नियुक्ति ।
. बोलपत्र प्रकाशन

२.
 
आन्तरिक प्रशिक्षण
सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रशासक पदमा नियुक्त श्री हरि घिमिरेलाई निम्न विषयहरूमा दुई दिने आन्तरिक प्रशिक्षण दिई वि.सं. २०७९।०८।२५ देखि पदस्थापन भएको कार्यालयमा हाजिर हुने गरि खटाइएको छ  ।
क. प्रशासक पदको काम कर्तव्य र अधिकार ।
ख. आम्दा नेपालको विधान, नीति, नियमावली, कार्यविधि तथा निर्देशिका ।
ग. सि.बा.म. अस्पतालको वार्षिक नीति, योजना, कार्यक्रम तथा वजेट ।
घ. आम्दा नेपाल र अन्य संघ/संस्था विच सि.बा.म. अस्पतालको स्थापना तथा सञ्चालनका लागी भएका संझौताहरू ।
ङ आम्दा नेपालको प्रयोगमा रहेका सफ्टवेयर, नमूना, ढाँचाहरू ।
च. सि.बा.म. अस्पतालको साँगठनियक ढाँचा तथा कर्मचारी व्यवस्थापन ।
छ. सि.बा.म. अस्पतालको सेवा तथा व्यवस्थापन सुधारका लागी प्राथमिकताका साथ सम्पन्न गर्नु पर्ने कामहरू ।

३.
 
बोलपत्र आवह्वानको सूचना प्रकाशित
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको भवन निर्माणका लागि मिति २०७९।०८।२२ गते २१ दिनको म्याद राखि बोलपत्र आह्वानको सूचना प्रकाशन गरिएको छ ।

.
 
शिलवन्दी दरभाउपत्र खोलिएको ।
आम्दा मेची अस्पतालको प्रयोजनको लागी एक थान USG मेशिन खरिद गर्न प्रथम पटक वि.सं. २०७९।०७।०९ गते, नागरिक दैनिकमा प्रकाशित सुचना वमोजिम रितपूर्वक प्राप्त शिलवन्दी प्रस्तावहरू वि.सं. २०७९।०८।२६ गते खोलिएको छ ।

५.
 
पोषण तथा सुत्केरी स्याहार सामाग्री वितरण
गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा आम्दा नेपालले वि.सं २०७९।०८।२१ गते बालुवा स्वास्थ्य केन्द्रमा जन्मिए देखि १५ महिना भित्रका नियमित खोप लगाउन आउने मध्येका ३५ जना बच्चाहरुलाई MCH kits वितरण र आमाहरुलाई परिवार नियोजन, मानसिक स्वास्थ्य, बच्चाहरुलाई लगाउने खोप, वाल पोषण तथा स्यहारसुसार सम्बन्धि शिक्षा मुलक प्रशिक्षण दिईयो ।

६.
 
नियमित साप्ताहिक बैठक
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।०८।२६ गते निम्न विषयहरूमा छलफल र निर्णय भएको छ ।
 
क.
 
अनलाइन रिपोटिङ्ग हुने व्यवस्था गर्ने
आम्दा नेपाल अन्तरगत सञ्चालित अस्पतालहरुमा प्रयोग हुदै आएको सफ्टवेयरबाट सामाजिक सुरक्षाका योगदानकर्ताको उपचार गर्दा अनलाइन माध्यमबाट सिधै प्रतिवेदन पेश हुने व्यवस्था मिलाउन श्री रामबाबु देव (आईटि शाखा) लाइ जिम्मेवारी तोकिएको छ ।
 
ख.
 
डिजिटल भुक्तानीको व्यबस्थापन 
आम्दा नेपालले सञ्चालन गरेका अस्पताल, क्लिनक तथा शैक्षिक कार्यक्रमहरुमा सेवाग्राहीहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यबस्था मिलाउन सम्बन्धित सरोकारवाला तथा बैकहरुसँग समन्वय गर्न श्री रामबाबु देव (आईटि शाखा) लाई जिम्मेवारी तोकिएको छ ।
 
ग.
 
संस्थागत क्षमता परिक्षण
आम्दा नेपालको साझेदार संस्था FHI360 को तर्फबाट वि.सं. २०७९।०८।२७ देखि २९ गते सम्म हुने संस्थागत क्षमता परिक्षणमा प्रयोगहुने आधारसँग संवन्धित कागजातलाइ क्रममानुसार मिलाएर आम्दा नेपालको वेभसाइडमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

 
       
 



 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.