Published Date: 2023-12-11
Expiry Date: 2023-12-18
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०८।२५ गते
(अवधि वि.सं. २०८०।०८।१८ देखि २०८०।०८।२४ सम्म । ई.सं. २०२३, ४९ औं हप्ता)
१. आम्दा नेपालको कार्यकारिणी समितिको निर्वाचन सम्पन्न गरेको छ ।
वि.सं. २०८०।०८।०९ गते, शनिवारका दिन आम्दा नेपालको ६३ औं साधारण सभा सम्पन्न भएको छ | उक्त साधारण सभाले आम्दा नेपालकों विधान अनुरूप आगामी २ वर्ष कार्यकालका लागी निम्न वमोजिम कार्यकारिणी समितिको निर्वाचन सम्पन्न गरेको छ । उक्त साधारणसभाले अध्यक्षमा डा. सुनु दुलाल, उपाध्यक्षमा डा. संगिता बराल बस्नेत, सचिवमा डा. अनिल कुमार दास, कोषाध्यक्षमा डा, माधव प्रसाद खनाल, सह सचिवमा डा. नविन ढकाल र सदस्यहरुमा डा. सरोज प्रसाद वझा, डा. ऋषिकेश नारायण श्रेष्ठ, डा. यज्ञ राज पाठक, डा. रमेश प्रसाद आचार्य चयन हुनुभयो l
२. बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ l
वि.सं. २०८०।०८।०९ गते, शनिवारका दिन आम्दा नेपालको ६३ औं साधारण सभा सम्पन्न भएको छ | उक्त साधारण सभाले आम्दा नेपालकों विधान अनुरूप आगामी २ वर्ष कार्यकालका लागी यस आम्दा अस्पताल दमक बाट आम्दा नेपालको कार्यकारणी समितिको सह सचिव पदमा डा. नविन ढकाल निर्वाचित हुनुभएकोमा मिति २०८०-०८-१८ गते यस आम्दा अस्पताल दमकको तालिम हलमा बधाई , तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा बधाई दिने क्रममा अस्पतालका मेसु. डा. प्रकाश शर्मा साथै डा. किशोर सिंह, डा. सुनील शाह, कमला घिमिरे, डा. पुरुषोत्तम माझी ,डा. लिलासुन्दर श्रेष्ठ, डा. राजिव रिजालले डा. नबिन ढकाललाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो l कार्यक्रमलाई प्रकाश पार्दै अस्पतालका प्रशासक सुमन कुमार नेपालले वहाँको यस आम्दा अस्पतालमा योगदानको बारेमा चर्चा गर्नुभयो, बिगतमा अस्पताललाई वहाँको योगदानको कदर गर्दै आगामी दिनहरुमा अझ बढ्दै जाने कुरामा विश्वास भएको धारणा ब्यक्त गर्नुभयो l
३. Robson Classification Orientation कार्यक्रममा सहभागी पठाइएको सम्बन्धमा ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा ,विभाग परिवार कल्याण महाशाखा, टेकु काठमाडौँको आयोजनामा मिति मिति २०८०/०८/२४ गते देखि २०८०/०८/२६ गते सम्म टेकु काठमाडौँमा सन्चालन हुने, “Robson Classification Orientation अभिमुखीकरण कार्यक्रम” को लागी यस अस्पताल बाट चिफ कन्सल्टेन्ट डा. प्रकाश शर्मा र नर्सिंग प्रशासक पुनम गौरो लाई तालिममा सहभागीताको लागी पठाइएको छ l
४. कार्यक्रममा लिइएका केही तस्विरहरु l
 |
 |
 |
बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम_आम्दा अस्पताल, दमाक_20800918 |