Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-27
Expiry Date: 2020-02-02

मितिः २०७६।१०।१३
साप्ताहिक समाचार

१. लेखा परीक्षण

आम्दा नेपाल अन्तर्गत नियुक्त लेखा परीक्षकले मिति २०७६।१०।०९ देखि सिद्धार्थ बाल तथा महिला अस्पतालको लेखि परीक्षण भइरहेको जानारी गरियो । उक्त अस्पतालको लेखा परीक्षण समाप्त भए पश्चात आम्दा मातृ शिशु परियोजनाको लेखा परीक्षण शुरू हुने जानकारी गरियो ।

 

२. संझौता हस्ताक्षर

जापानिज एम्बेसी र आम्दा माइण्डसबीच आम्दा मातृ शिशु परियोजना संचालनका लागि मिति २०७६।१०।०८ (२२ जनावरी २०२०) मा भएको संझौता हस्ताक्षर कार्यक्रममा आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, डा. ऋषिकेश नारायण श्रेष्ठ र मूख्य प्रशासक सुदेश रेग्मीको उपस्थिति रहेको थियो । जापानीज एम्वेसी र आम्दा माइण्डसका उच्च हदाका प्रतिनिधिहरू लगायतको समुपस्थिति रहेको उक्त कार्यक्रममा आम्दा नेपालको तर्फबाट डा. अनिल कुमार दासले मन्तव्य प्रकट गर्नुभएको थियो ।

 

३. शिलवन्दी बोलपत्र/दरभाउपत्र सम्बन्धी पूर्व बैठक

आम्दा नेपाल अन्तर्गत आम्दा माइन्डस् को आर्थिक सहयोगमा सञ्चालित मातृ शिशु स्वास्थ्य परियोजना मार्फत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रभित्रका खबारी नाकामुसिनाकाचिमचिमे  कालाकाँटेमा सामुदायिक स्वास्थ्य ईकाइ  गाउँघर क्लिनीक भवन निर्माण गर्न सूचना (सूचना नं. 006866/AMDA/MCHP/2020) प्रकाशित भएकोमा सूचनाको आधारमा मिति २०७६।१०।०९ मा पूर्व बैठक सम्पन्न भएको छ ।

 

४. World Plaftorm for Disaster Medicine Conference

आम्दा इन्टरनेशनलको आयोजनामा २८-२९ मे २०२० मा हुने World Platform for Disaster Medicine Conference मा आम्दा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै संस्थाका अध्यक्ष डा. अनिल कुमार दासको सहभागिता हुने जानकारी गरियो ।

 

५. स्तन तथा पाठेघरको मुख क्यानसर परीक्षण शिबिर

आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाको संयोजनमा मिति २०७६ माघ १८ गते नगरपालिका क्षेत्रका जनसमुदायहरूलार्इ लाभान्वित हुनेगरि स्तन तथा पाठेघरको मुख क्यानसर परीक्षण शिबिर हुने व्यहोरा जानकारी भयो । उक्त शिविरमा ३० जनाजति सेवाग्राही लाभान्वित हुने जानकारी गरियो । शिविर मार्फत बाँकी रहेका जनसमुदायलार्इ समेत समेट्दै निरन्तर संचालन गर्दै जाने व्यवस्था आम्दा नेपालले मिलाएको व्यहोरा समेत जानकारी गरियो ।
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.