आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week.
Weekly News (W10_20200309_103_SCWH ) (2076/11/18 to 2076/11/24)
१. यहि मिति २०७६ साल फाल्गुण २४ लाईनेस क्लब अफ बुटवलले अन्तरार्ष्ट्रिय नारी दिवसको उपलक्ष्यमा यस सिद्दार्थ बाल तथा महिला अस्पतालको प्रसुति वार्डमा भर्ना भएका २ जना बिपन्न परिवारलाई आर्थिक सहयोग गर्ने उदेश्य स्थापना भएको ज्ञानु देवी अक्षय कोषबाट सुद्धोधन गाउंपालिका - ५ कपिलबस्तु निवासी श्री जैंबुन खातुन र गैडहवा, रुपन्देही निवासी प्रतिमा थारु चौधरीलाई आर्थिक सहयोग स्वरुप नगद प्रदान गरेको थियो भने तथा प्रसुति वार्डमा भर्ना बिरामीहरुलाई तथा नवजात शिशुवार्डमा भर्ना भएका बच्चाका आमाहरुलाई गरी जम्मा ३० जनालाई पोषण आहार बितरण कार्यक्रम सम्पन्न भएको थियो ।
२. मिति २०७६ साल फाल्गुण २४ गते अन्तरार्ष्ट्रिय नारी दिवसको उपलक्ष्यमा अस्पतालको बिभिन्न वार्डहरुमा भर्ना भएका विरामी तथा विरामीहरुको आफन्तहरुलाई नर्सिङ्ग कर्मचारीहरुद्वारा महिला रोग सम्बन्धि स्वास्थ शिक्षा प्रदान गरिएको थियो ।

मिति २०७६।११।२४ गते प्रसुति वार्डमा नसिङ्ग कर्मचारीद्वारा विरामीहरुलाई स्वास्थ्य शिक्षा प्रदान गरिदै ।
३.मिति २०७६ साल चैत्र १ गते शनिवार एक समारोह विच नवनियुक्त मेडिकल सुपरिन्टेन्डन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू ले पद भार ग्रहण गर्नु भयो भने निवर्तमान निमित्त निर्देशक डा. केशव राज शर्मा ज्यू ले पद हस्तान्तरण गर्नु भयो । सो कार्यक्रममा नवनियुक्त मेडिकल सुपरिन्टेन्डेन्टले कार्य योजना बनाएर सबैको साथबाट अघि बढ्ने प्रतिबध्दता ब्यक्त गर्नु भएको छ ।
मिति २०७६ साल चैत्र १ गते सिद्दार्थ बाल तथा महिला अस्पतालका नव नियुक्त मेडिकल सुपरिन्टेन्डन्ट डा. राजेन्द्र बस्यालले पद भार ग्रहण गर्नु हुदै ।
