मिति: २०२०/०३/३०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१४ हप्ता):
विश्वव्यापी रुपमा फैलिएको कोरोना भार्इरस संक्रमणको जोखिमलार्इ रोगथाम ,नियन्त्रण र न्यूनिकरण गर्नका लागि नेपाल सरकारबाट चैत्र ११ गते देखि लागुहुने गरि मुलुकभर लकडाउन जारी गरिएको सन्दर्भमा आम्दा अस्पताल, दमकमा अत्यावश्यक सेवाहरू कसरी प्रवाह गर्ने सम्वन्धमा कार्यरत चिकित्सक, ,स्वास्थ्यकर्मी लगाएत अन्य कर्मचारीहरूको आपतकालीन बैठक सम्पन्न भएको छ ।
क. बैठकले संक्रमणबाट जोगिन र जोगाउनका लागि अस्पतालमा उपलव्ध भएको स्रोत र साधनले सम्भव भएसम्मका उपायहरू अवलम्वन गर्ने र विश्व स्वास्थ्य संगठनको प्रोटोकल बमोजिम सेवा प्रवाह गर्न समेत स्वास्थ्यकर्मीहरूलार्इ अनुरोध गरिएको छ ।
ख. जोखिम न्यूनिकरण गर्न अत्यावश्यक सेवाका विरामीहरूलार्इ सामाजिक सञ्जाल तथा टेलिफोनको माध्यम मार्फत चिकित्सकिय सेवा प्रदान गर्न कार्यरत चिकित्सकहरूको विषेशज्ञता र सम्पर्क नम्वरहरू सहितको सूचना प्रवाह गर्ने र अति आवश्यकता भएको विरामीलार्इ मात्र Fever Clinic (फिभर क्लिनिक) मा आउन/जानका लागि सल्लाह दिने निर्णय गरिएको छ ।
ग. अस्पतालको आकस्मिक सेवालार्इ चौबिसै घण्टा सूचारू गरिनेछ । सेवाग्राही तथा विरामीहरूको सख्याको चाप र जोखिम विश्लेषणका आधारमा अस्पतालको सेवा प्रवाहमा प्रतिकुल असर नपर्ने गरि आवश्यकता बमोजिम थपघट हुनसक्ने गरि हाललार्इ न्यूनतम जनशक्ति परिचालन गरिएको छ । अन्य कर्मचारीहरूलार्इ लक डाउनको अवधिभर कुनै पनि समय तल्काल काममा लगाउन सकिने गरि अनिवार्य विदाको व्यवस्था गरिएको छ ।
धन्यवाद l