Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-22
Expiry Date: 2024-07-29

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०४।०७ गते
(अवधि वि.सं. २०८१।०३।३१ देखि २०८१।०४।०६ सम्म ई.सं. २०२४, २८ औं हप्ता)

१. आम्दा अस्पताल, दमक अस्पताल, दमक वडा नम्बर -१ बीच बैठक सम्पन्न l
यस आम्दा अस्पताल, दमक -२, दमक अस्पताल, दमक-१ बीच दमक नगरपालिकाले तय गरेको “नगरवासीको स्वास्थ्य हाम्रो जिम्मेवारी’ कार्यक्रमलाई साकार बनाउन दुवै अस्पतालका अध्यक्ष श्री राम कुमार थापाको अध्यक्षतामा मिति २०८१/०४/०४ मा बैठक बसी दुवै अस्पतालले समन्वयात्मक रुपमा सेवा प्रवाह, वडा स्तरीय बृद्ध बृद्धा स्वास्थ्य सहयोग कार्यक्रम, KHDC कार्यक्रम, अस्पताल सेवा प्रवाहमा परस्पर समन्वय, सुरक्षा, प्राविधिक सहयोग, अस्पताल अनुगमन गर्न सात सदस्य समिति गठन भयको छ उक्त समितिमा संयोजक : डा. कृष्ण साह; दमक अस्पताल, सदस्य : डा. प्रकाश शर्मा; आम्दा अस्पताल, सदस्य : डा. शिखर कटेल; आम्दा अस्पताल, सदस्य : डा. अनुपम घिमिरे; दमक अस्पताल, सदस्य : श्री नगेन्द्र प्रसाद भट्टराई; दमक नगरपालिका, सदस्य : श्री श्याम नारायण राजबंसी; दमक अस्पताल, सदस्य : श्री सुमन कुमार नेपाल; आम्दा अस्पताल चयन हुनुभयको छ l

२. नगर प्रमुख, मेयर तथा यस आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष श्री रामकुमार थापाले बाट अस्पतालको अनुगमन तथा निरिक्षण सम्पन्न l
यस आम्दा अस्पतालको मिति २०८१ श्रावण १ गतेको दिन, दमक नगरपालिकाका नगर प्रमुख, मेयर तथा यस आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष श्री रामकुमार थापाले यस आम्दा अस्पताल दमकको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । उक्त अनुगमनका क्रममा एक कार्यक्रम बिच वहाँले प्रसुति बिभागमा भर्ना भएका बिरामीहरुलाई न्यानो झोला बितरण गर्नुभयो ।

धन्यवाद,

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.