आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८२।०५।२३, सोमवार
अवधिः वि.सं २०८२।०५।०१५ देखि वि.सं.२०८२।०५।२२
गते सम्म (ई.सं २०२५ ३६ औं हप्ता)
साप्ताहिक अंक: ३६/२०२५
१. आपुर्तिकर्ता छनौट ।
क.
अक्सिजन
ग्यासः
सिद्धार्थ महिला तथा बाल अस्पतालका लागि शिलबन्दी बोलपत्र (सूचना नं. 11034/17/AMDA/2081/82, मिति २०८२/०३/२२) अन्तर्गत Group 03-103 (Medical Oxygen Gas) को प्राविधिक मूल्याङ्कनपछि योग्य मध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने
आपुर्तिकर्ता छनौट सम्वन्धि सुचना नं. १११६८ प्रकाशन भएको छ ।
ख.
कार्यालय
उपकरणः
AMDA नेपाल केन्द्रीय कार्यालयको आवश्यक Office Equipment खरिद (सूचना नं. 11109/AMDA/101/2082/83, मिति
२०८२/०४/२७) को प्राविधिक मूल्याङ्कनपछि पनि योग्य मध्ये सबैभन्दा कम मूल्य
प्रस्ताव गर्ने आपुर्तिकर्ता छनौट सम्वन्धित सुचना १११६९
प्रकाशन
गरिएको छ ।
२. नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना ।
आम्दा नेपाल मातहतको आम्दा स्वास्थ्य विज्ञान
प्रतिष्ठानमा डिप्लोमा/प्रमाणपत्र तहको नर्सिङ्ग, सामान्य चिकित्सा र फार्मेशी कार्यक्रमका
नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नाका लागी प्राविधिक शिक्षा तथा व्यावसायिक
तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठीमीले सूचना
प्रकाशित गरेको छ ।
३. संझौता गर्ने अनुमति प्रदान ।
आम्दा नेपाल मातहतको आम्दा अस्पताल, दमक र
विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ् अस्पताल विच स्वास्थ्य उपचार सेवाको
स्तरोन्नति गर्न सहकार्यका लागी वि.सं. २०८२।०५।१७ गतेको निर्णयानुसार (टि.नं.
१११६३) संझौता गर्ने अनुमति
प्रदान गरिएको छ ।
४. कर्मचारीको जिम्मेवारी फेरवदल ।
केन्द्रिय कार्यालयमा कार्यरत केही कर्मचारीहरूको
जिम्मेवारी फेरवदल गरिएकोमा तदनुरूप कार्य विवरण अध्यावधिक गरी जानकारी गराइएको छ
।
५. संवेदनशिल सुचना व्यवस्थापन ।
केन्द्रिय कार्यालयमा रहने संवेदनशिल सुचनाको
व्यवस्थापन र सुरक्षित भण्डारण व्यवस्थाका लागी इकाइ/शाखा स्तरमा कार्यरत
कर्मचारीहरूलाइ आ आफ्नो इकाइ/शाखा स्तरमा समेत एक अलग्गै
लगबुक (दर्ता चलानी) तयार गर्न आन्तरिक निर्देशन गरिएको छ ।
६. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८२।०५।२३ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी
तथा निर्णयको सारांश ।
क्र. सं. |
कामको
विवरण
तथा निर्णयको सारांश |
१ |
तालिम सञ्चालन गर्ने - जनशक्ति
व्यवस्थापन सफ्टवेयरको आपूर्तिकर्तासँग समन्वय गरि Human
resource सम्बन्धी तालिम यसै हप्ता संचालन गर्ने । - लेखा
व्यवस्थापन सफ्टवेयरको आपूर्तिकर्तासँग समन्वय गरि लेखा व्यवस्थापन सम्बन्धी
तालिम संचालन गर्ने । |
२ |
निर्माण
कार्यका लागि वैध अनुमति र VAT दर्ता अनिवार्य
गर्ने आम्दा
नेपाल मातहतको जुनसुकै कार्यालयले निर्माण सम्वन्धि काम गर्दा गराउँदा, प्रचलित
कानून वमोजिम इजाजत प्राप्त तथा VAT दर्ता फर्मबाट
मात्र गर्न गराउन परिपत्र गर्ने । |
३ |
श्रम
परिक्षण - अघिल्लो
अवधिमा सम्पन्न श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने । - श्रम
परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने । - श्रम
परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट
तयार गर्ने । - असल
श्रम अभ्यासका लागी आवश्यक नीति अध्ययन गरी सिफारिश तयार गर्ने । -
श्रम परिक्षण सम्पन्न श्रम परिक्षण
प्रतिवेदन संवन्धित निकायमा पेश गर्ने । |
४ |
भण्डारण सुरक्षा र संरक्षण - कागजात
संरक्षण तथा सुरक्षित भण्डारण कार्यविधि अध्यावधिक गर्ने - सिन, पिन र जिनको विवरण संकलन गरी अध्यावधिक गर्ने - भण्डारण
सुरक्षा तालिम सञ्चालन गर्ने - संरक्षित
कागजातको विवरण अध्यावधिक गर्ने - संरक्षित
कागजातको एक प्रती संवन्धित कार्यालयलार्इ उपलब्ध गराउने एक प्रति आफुसँग राख्ने - काम
नलाग्ने पुराना कागजपत्र नष्ट गर्न समिति गठन गर्ने |
धन्यवाद ।