Notices (9)
- Notice for Sealed Quotation_Truss Hall_AIHS Butwal
- Notice for Time Extension
- Notice for Quotation_AMDA Hospital, Damak
- Notice No. 0016 and 0019
- Notice for quotation_Canteen_AMDA Mechi Hospital
- Notice for Quotation_Siddhrtha Children & Women Hospital, Butwal
- Notice for Quotation 2025
- Notice Sealed Quotation_Medical Equipment_SCWH
- Tender Notice
Published Date: Sep 09, 2019
Expiry Date: Sep 22, 2019
साप्ताहिक समाचार
मितिः २०७६।०५।२३१.आम्दा इन्टरनेशनलका अध्यक्षको नेपाल भ्रमण सम्पन्न ।
आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरू सुगानामीले नेपालको चार दिने भ्रमण सम्पन्न गरी भारतको गोवामा आयोजना हुने प्राकृतिक विपद् व्यवस्थापन संवन्धि गोष्ठीमा भाग लिन नेपालबाट मिति २०७६ भदौ १८ गते बिहान प्रस्थान गर्नुभयो । नेपाल भ्रमणक्रमा डा. सुगानामीले, आम्दा नेपाल अन्तरगत सञ्चालित कार्यक्रमहरूको सेवा विस्तारका विषयमा सदस्यहरूसँग सामुहिक भेटघाट तथा छलफल गर्नुका साथै उपाध्यक्ष डा. अनिल कुमार दासको साथमा मिति २०७६।०५।१६-१७ गते लुम्विनी क्षेत्र सहित सि.बा.म. अस्पतालको समेत अवलोकन भ्रमण गर्नुभएको थियो । उक्त अवसरमा डा. सुगानामीले लुम्विनी साँकृतिक नगरपालिकाका नगरप्रमुख लगायतका पदाधिकारीहरूसँग लुम्विनी क्षेत्रमा र बुटवल उपनगरपालिकाका नगरप्रमुख श्री शिव सुवेदी एवं अस्पतालमा कार्यरत उच्चतहका चिकित्सकहरूसँग छुट्टाछुट्टै भेटघाट गर्नु भएको थियो । यसपटकको भ्रमणको मुख्य उद्देश्य मध्ये एक सि.बा.म. अस्पतालको एक इकाइको रूपमा लुम्विनी क्षेत्रमा स्वास्थ्य उपचार केन्द्र स्थापना गर्न संभाव्यता अध्ययन गर्ने रहेकोमा सोको प्रस्थानविन्दुका रूपमा आम्दा इन्टरनेशनल, मेडिएसिष्ट फर यु र आम्दा नेपाल विच एक समझदारीपत्रमा समेत हस्ताक्षर सम्पन्न भएको छ ।
२. कर्मचारी तालिम
आम्दा नेपाल केन्द्रीय कार्यालयमा कार्यरत प्रशासक श्री उमेश प्रसाद आचार्यलाइ मिति २०७६ भाद्र १९ र २० गते काठमाण्डाैमा एक निजी तालिम प्रदायक संस्थाले सञ्चालन गरेको दुइदिने 'strategic procurement management training' प्रदान गरिएको छ ।
३. व्यवस्थापन कार्यशाला
आम्दा नेपाल अन्तरगत सञ्चालित कार्यक्रमका कार्यालय प्रमुखहरू समेतका लागी मिति २०७६ भदौ ३१ र असौज १ गते व्यवस्थापन कार्यशाला आयोजना गर्न लागीएको छ । यस कार्यशालाको मुख्य उद्देश्य आम्दा नेपालको नीति, नियम, नियमावली तथा निर्देशिकाको पालनाका लागी कार्यालय प्रमुखहरूलाइ पुनर्ताजगी प्रदान गर्नु र हाल सञ्चालनमा रहेको कार्यक्रमहरूको प्रभावकारी सञ्चालन तथा सुशासन एवं पारदर्शिता प्रवर्धनका लागी आवश्यक देखिएका नीति, नियम, नियमावली, निर्देशिका, कार्यविधि लगायतको समिक्षा साथै प्रस्ताव तयार गरी कार्यकारिणी समितिलाइ सिफारिश पेश गर्ने रहेको छ ।