Notices (9)
- Notice for Sealed Quotation_Truss Hall_AIHS Butwal
- Notice for Time Extension
- Notice for Quotation_AMDA Hospital, Damak
- Notice No. 0016 and 0019
- Notice for quotation_Canteen_AMDA Mechi Hospital
- Notice for Quotation_Siddhrtha Children & Women Hospital, Butwal
- Notice for Quotation 2025
- Notice Sealed Quotation_Medical Equipment_SCWH
- Tender Notice
Published Date: Feb 27, 2024
Expiry Date: Mar 03, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।१४ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।६ देखि २०८०।११।१२ गते सम्म (ई.सं. २०२४, ०८ औं हप्ता) ।
साप्ताहिक अंक: ०८/२०२४
१. अध्यक्षको पुर्व भ्रमण सम्पन्न ।
वि.सं. २०८०।११।०८ र ९ गते, आम्दा नेपालका नवनिर्वाचित अध्यक्ष डा. सुनु दुलालको नेतृत्वमा सहसचिव डा. नविन ढकाल, सदस्य डा. यज्ञराज पाठक एवं प्रशासक श्री उमेश प्रसाद आचार्य सम्मिलित टोलीले कोशी प्रदेशमा आम्दा नेपालले सञ्चालन गरेका कार्यक्रमहरु ईपिक परियोजना, ईटहरी, आम्दा अस्पताल, दमक, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक, ईपिक परियोजना, विर्तामोड, आम्दा मेची अस्पताल, धुलावारी लगायतका कार्यालयहरुको निरिक्षण तथा अवलोकन भ्रमण गरेको छ । भ्रमणक्रममा यस टोलीले स्थानिय व्यबस्थापन समितिका पदाधिकारी, अस्पताल व्यवस्थापनका सदस्यहरु सँग भेटघाट गरेको छ । यस भ्रमणक्रममा सहभागीहरू विच निम्न विषयमा छलफल भएको थियो ।
- विषेश करार सेवामा रहेका कर्मचारीहरुको नियमित सेवामा प्रवेश ।
- अस्पताल विकासका लागि दातृ निकायहरुको खोजी ।
- AIHS को निर्माण कार्य (भवन, क्यान्टिन, कम्पाउण्ड वाल...) ।
- आम्दा अस्पताल, दमकमा स्थानिय व्यबस्थापन समितिको भूमिका ।
- आम्दा मेची अस्पताल, धुलावारीको स्थानिय व्यबस्थापन समितिको कार्यविधिका मुख्य बुँदाहरु जग्गा स्वामित्व, वार्षिक योजना/कार्यक्रम, विल/भौचर प्रमाणित आदी ।
- आम्दा मेची अस्पतालमा आँखा उपचार सेवा ।
२. खरिद उप समितिको बैठक सम्पन्न ।
आम्दा नेपालको केन्द्रिय कार्यालयमा रहेको खरिद उप-समितिको दोस्रो बैठक समितिका संयोजक सुदेश रेग्मीको अध्यक्षतामा मिति २०८०।११।११ गते निम्न प्रस्तावहरुमा छलफल तथा निर्णय गरि सम्पन्न भएको छ ।
आम्दा नेपालको केन्द्रिय कार्यालयमा रहेको खरिद उप-समितिको दोस्रो बैठक समितिका संयोजक सुदेश रेग्मीको अध्यक्षतामा मिति २०८०।११।११ गते निम्न प्रस्तावहरुमा छलफल तथा निर्णय गरि सम्पन्न भएको छ ।
- आम्दा अस्पताल, दमकका लागी जेनरेटर खरिद ।
- आम्दा अस्पतालको सघन उपचार कक्ष निर्माण ।
- सिद्दार्थ बाल तथा महिला अस्पतालको क्यान्टिन निर्माण ।
- शिमाजु डेण्टल क्लिनिकका लागी Endo Motor खरिद ।
- रित पुर्वक प्राप्त परामर्शदाताहरुको प्रस्ताव अध्ययन ।
बि.सं २०८०।११।१४ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | स्थानिय व्यबस्थापन समिति अध्यावधिक गर्नेः यस विचमा स्थानिय व्यबस्थापन समितिमा कुनै परिवर्तन गरिएको र बैकठ सम्पन्न भएको भए अध्यावधिक गर्ने । | उमेश प्रसाद आचार्य २०८०१२०१ | सम्पन्न (फेरवदल नभएको) |
२ | सिमकार्ड खरिद गर्नेः आम्दा नेपालले दिने सेवामा लाग्ने शुल्क QR-Code मार्फत लिन, ICT मा प्रयोग गर्न र विदेशि पाउनाहरुलाई प्रयोग गर्न दिने गरि जम्म तिनथान सिमकार्ड खरिद गर्ने । | उमेश प्रसाद आचार्य २०८०१२०१ | सम्पन्न |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | जनशक्ति (श्रम परिक्षण सम्पन्न गर्ने, ...) | अच्युत सापकोटा |
२०८०१२०१ |
२ | आन्तरिक व्यबस्थापन समिति (फेरवदल भएको भए अध्यावधिक गर्ने) | उमेश प्रसाद आचार्य |
२०८०१२०१ |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू अग्रसरता एवं निर्णयानुसार निश्चित टुङ्गोमा पुर्याउने । | अच्युत सापकोटा |
२०८०११३० |
२ | फोटो संकलनः आम्दा नेपालको वि.सं. २०८१ को भित्तेपात्रो छाप्न आवश्यक मासिक उत्कृष्ट फोटोहरु सबै कार्यालयहरुबाट संकलन गर्ने । | रामबाबु देव |
२०८०११२५ |
३ | विवरण वेवसाईट राख्नेः आर्थिक कारोवार सँग सम्बन्धित जानकारी र विवरण आम्दा नेपालको वेभ साईटबाट हेर्न मिल्ने गरी सुरक्षित राख्न आवश्यक व्यबस्था गर्ने । | रामबाबु देव |
२०८०११२५ |
४. गतहप्ताका गतिविधिका तस्विरहरू
![]() |
![]() |
![]() |
AMDA Nepal President, Dr Sunu Dula Visit_LMC and Hospital Team_AMDA Hospital Damak_20801108 | AMDA Nepal President, Dr Sunu Dula Visit_LMC and Hospital Team_AMDA Hospital Damak_20801108 | AMDA Nepal President, Dr Sunu Dula Visit_AIHS Staff_AIHS Hospital Damak_20801108 |
![]() |
![]() |
![]() |
AMDA Nepal President, Dr Sunu Dula Visit_AMH, Dhulabari_20801109 | AMDA Nepal President, Dr Sunu Dula Visit_Mechi Chember of Commerce and LMC_AMH,Dhulabari_20801109 | AMDA Nepal President, Dr Sunu Dula Visit_Mechi Chember of Commerce and LMC_AMH,Dhulabari_20801109 |
धन्यबाद!