Published Date: May 22, 2023
Expiry Date: May 28, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०२।१५ गते, सोमवार
अवधिः वि.सं. २०८०।०२।०७ देखि २०८०।०२।१३ गते सम्म (ई.सं. २०२३, २१औं हप्ता) ।
साप्ताहिक अंक: २१/२०२३


१. आम्दा नेपालको टोली जापान प्रस्थान
बुटवल उपमहानगरपालिकाका प्रमुख तथा सिद्दार्थ वाल तथा महिला अस्पतालको स्थानिय व्यबस्थापन समितिका अध्यक्ष श्री खेलराज पाण्डेयको नेतृत्वमा आम्दा नेपालको एक टोली वि.सं. गते जापन भ्रमणका लागी प्रस्थान गरेको छ । यस भ्रमणको मूख्य उद्देश्य अस्पतालमा सि.बा.म. अस्पताललाइ सुविधा सम्पन्न ३०० शैया क्षमताको विशिष्टिकृत अस्पतालको रूपमा स्तरोन्नतिक लागी सहयोग जुटाउने रहेको छ । भ्रमण टोलिमा स्थानिय व्यबस्थापन समितिका अध्यक्ष श्री खेलराज पाण्डेय, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष श्री उज्ज्वल प्रसाद कसजु, पूर्व अध्यक्ष श्री जीवन प्रसाद वझानथाछें, आम्दा नेपालका पूर्व अध्यक्ष डा. ऋषिकेश नारायण श्रेष्ठ र सिद्दार्थ वाल तथा महिला अस्पतालका मेडिकाल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल रहुनु भएको छ ।

२. क्यान्सर परिक्षण सम्पन्न
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत वि.सं. २०८०।०२।०९ गते आम्दा गोकर्णेश्वर आरोग्य क्लिनिकमा सञ्चालित शिविरमा विभिन्न समयमा स्वास्थ्य जाँच गराउनु भएका मध्ये २७ जना महिलाहरुको मेमोग्राम परिक्षण र २८ जना महिलाहरुको वि.सं २०८०।०२।१० गते USG  परिक्षण, र वि.सं. २०८०।०२।१३ गते ७ जना महिलाहरुको कोल्पोस्कोपि परिक्षण सम्पन्न भएको छ । 

३. क्यान्सर परिक्षण शिविर सम्पन्न
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. २, नयाँपाटी गणेश मन्दिरमा वि.सं. २०८०।०२।१२ गते चेतनशिल महिला समुहलाई क्यान्सर सम्बन्धि जनचेतना मुलक कार्यक्रम र वि.सं २०८०।०२।१३ गते ३० देखि ६० उमेर समुहका जम्मा ६२ जना महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न भएको छ ।

४. नियमित साप्ताहिक बैठक
वि.सं. २०८०।०२।१५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण जिम्मेवारी प्रगति विवरण
छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु यो साता भित्र अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । सुदेश रेग्मी

नमुनाहरु संकलन तथा  अध्यवधिकको कार्य भईरहेको ।

आन्तरिक व्यबस्थापन समिति अध्यावधिक गर्नेः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम तथा परियोजनाहरुमा रहेका आन्तरिक व्यबस्थापन समिति तथा उपसमितिहरूको विवरण संकलन गरी सम्वन्धित कार्यालयको वेभसाइड समेतमा अध्यावधिक गर्ने ।
- उमेश आचार्य
- रामबाबु देव
अध्यावधिकका लागि पत्राचार भएको र समयमै पेश गर्न तागेता गरेको ।
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समयतालिका
DPAC/MPAC/WPAC:
आम्दा नेपाल अन्तर्गत दातृ संस्थाको सहयोगमा सञ्चालिन हुने परियोजनाहरुको सञ्चालन स्विकृति तथा तोकिए बमोजिमको प्रतिवेदन नियमित रुपमा समाज कल्याण परिषदमा पेश नभएको जानकारी संकलन व्यबस्था मिलाउने ।
उमेश आचार्य
 
१ साता
सूचीदर्ता अध्यावधिक गर्नेः
आपुर्तिकर्ताहरुको सूची अध्यावधिक गर्न/गराउन र सो को प्रक्रिया बारेमा सम्बन्धित कर्मचारीहरुलाई अभिमुखिकरण गर्ने ।  
उमेश आचार्य १० दिन
 
ग. बैठकको निर्णय ।
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
विपद् व्यबस्थापन सचेतना कार्यक्रमः
विपद् व्यबस्थापन तथा पुर्वतयारीको सचेतना तालिम ईकाइ स्तरमा सञ्चालन गर्ने व्यबस्था गर्ने ।
उमेश आचार्य

आषाढ मसान्त भित्र

जनशक्ति विवरणः
जनशक्ति विवरण कुन हद सम्म भएको छ, जानकारी लिने, समयसिमा र जिम्मेवार व्यक्ति तोकेर सम्पुर्ण कर्मचारीहरुको विवरण प्रणालीमा रेकर्ड राख्ने ।
अच्युत सापकोटा २०८० आषाढ १
फारमको ढाँचा अध्यावधिक गर्नेः
प्रतिवेदन वा जुनसुकै ढाँचा वा जुन सुकै कार्यालयको प्रयोजनको लागी  जे/जति नमुना उपलव्ध छन सवैले टिम च्यानलमा राख्ने र प्रतिक्रिया दिने ।
   
परामर्शदाताहरुको विवरण:  
परामर्शदाताहरुको विगत तिन वर्षको विवरण तयार गर्ने, परामर्शदाता छनौट कार्यविधि अध्यावधिक गरी अनुसूचीमा प्रस्ताव, सूचना, ToR, दर, प्रतिवेदनको ढाँचा राख्ने ।
अच्षुत सापकोटा २०८००२२५
भुमिका र जवाफदेहिता:
आम्दा नेपालले मिति २०७९।११।१० जारी गरेको संकेत नं. ०९१०६ को सफ्टवेयर जडान, प्रयोग तथा प्रयोगकर्ताको भुमिका र जवाफदेहीतामा उल्लेखित विवरण बमोजिम कर्मचारीको JD  update गर्ने
अच्युत सापकोटा २०८००३१०
HIMS TOR:
अस्पताल सफ्टवेयरका लागि आवश्यक TOR तयार भएकोमा अस्पतालहरुको राय संकलन गरि आवश्यक संशोधन गरि प्रस्ताव माग गर्न सूचना प्रकाशन गर्ने ।
उमेश आचार्य २०८००२२५
दाँतको कार्यक्रमः
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न समझदारी पत्र बमोजिम नगरपालिकाको सहयोगमा संचालन गर्न लागिएको दन्त परिक्षण कार्यक्रमको संयोजकमा  सृजना श्रेष्ठलाई जिम्मेवारी तोक्ने
अच्युत सापकोटा २०८००२२५
 
५. गतिविधिका तस्विरहरू


                                          Visit of team to Japan
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map