Published Date: Jun 05, 2023
Expiry Date: Jun 11, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०२।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।०२।१४ देखि २०८०।०२।२० गते सम्म (ई.सं. २०२३, २२औं हप्ता) ।
साप्ताहिक अंक: २२/२०२३


१. सि.बा.म. अस्पतालको स्तरोन्नति सम्वन्धि समझदारी
सिद्धार्थ बाल तथा महिला अस्पताललाइ सुविधा सम्पन्न ३०० शैया क्षमताको विशिष्टिकृत अस्पतालको रूपमा स्तरोन्नति गर्ने सवन्धमा आम्दा इर्न्टरनेशनल,  बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ र आम्दा नेपाल विच जून २, २०२३ तारेखका दिन आम्दा इन्टरनेशनलको मूख्यालय, ओकायमा सिटि जापानका एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा  आम्दा इर्न्टरनेशनलका अध्यक्ष डा. शिगरू सुगानामी, श्री ताय नाम्बा, श्री अर्चना जोशी, बुटवल उपमहानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डे र श्री टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष श्री उज्ज्वल प्रसाद कसजु र पूर्व अध्यक्ष श्री जीवन प्रसाद वझा, आम्दा नेपालका पूर्व अध्यक्ष डा. अध्यक्ष डा. ऋषिकेश नारायण श्रेष्ठ र सिद्धार्थ वाल तथा महिला अस्पतालका मेडिकाल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले हस्ताक्षर गर्नु भएको छ । उक्त समझदारी अनुरूप सिद्धार्थ बाल तथा महिला अस्पतालको सञ्चालन यस पूर्व बुटवल नगरपालिका, बुटवल उद्योग वाणिज्य संघ र आम्दा नेपाल विच सम्पन्न त्रिपक्षिय संझौता अनुरूप गर्ने र अस्पतालको स्तरोन्नतिका लागी आवश्यक श्रोत जुटाउने प्रत्यन्न आम्दा इन्टरनेशनलले गर्ने तय भएको छ ।

२. दन्त परिक्षण शिविर
गोकर्णेश्वर नगरपालिका र आम्दा नेपाल विच वि.सं २०८०।०१।०५ गते सम्पन्न संझौता अनुरूप गोकर्णेश्वर नगरपालिका क्षेत्रका सार्वजनिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको दाँतको स्वच्छता परिक्षण गर्ने कार्यक्रम अन्तर्गत वि.सं. २०८०।०२।१९ गते भिमदेव आधारभुत विद्यालयमा अध्ययनरत ११६ विद्यार्थीहरूको दाँत परिक्षण सम्पन्न भएको छ । दाँत परिक्षण शिविरमा दन्त चिकित्सकले दाँतको परिक्षण गर्ने, दाँतको स्वच्छता कायम गर्न पालना गर्नु होसियारी सम्वन्धि शिक्षा प्रदान गर्ने र दाँतको सफाइका लागी दन्त मन्जन र ब्रस वितरण समेत गरिएको छ । 

३. परियोजना संझौता संशोधन
झापा र मोरङ् जिल्लामा वसोवास गर्दै आएका भुटानी शरणार्थीहरूको स्वास्थ्य विमा लगायत जनस्वास्थ्य सम्वन्धि सेवाका लागी आम्दा नेपाल UNHCR विच सम्पन्न संझौता अनुरूप सञ्चालन हुदै आएको ‘Assistant to people we serve’ परियोजनाको दोश्रो संशोधन सन् जून २, २०२३ का दिन सम्पन्न भएको छ ।

४. नियमित साप्ताहिक बैठक
वि.सं. २०८०।०२।२२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण जिम्मेवारी प्रगति विवरण
DPAC/MPAC/WPAC:
आम्दा नेपाल अन्तर्गत दातृ संस्थाको सहयोगमा सञ्चालिन हुने परियोजनाहरुको सञ्चालन स्विकृति तथा तोकिए बमोजिमको प्रतिवेदन नियमित रुपमा समाज कल्याण परिषदमा पेश नभएको जानकारी संकलन व्यबस्था मिलाउने ।
उमेश आचार्य

आम्दा नेपाल अन्तर्गत सञ्चालित सम्पुर्ण कार्यालयहरुलाई कार्यक्रम स्विकृति र प्रतिवेदन पेश गर्न पत्राचार भएको ।

सूचीदर्ता अध्यावधिक गर्नेः आपुर्तिकर्ताहरुको सूची अध्यावधिक गर्न/गराउन र सो को प्रक्रिया बारेमा सम्बन्धित कर्मचारीहरुलाई अभिमुखिकरण गर्ने ।  उमेश आचार्य तयारी भइ रहेको ।
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समयतालिका
योजना र कार्यक्रमः
साधारण सभाले स्विकृत गरेको नीति योजना कार्यक्रम र बजेटलाइ एकत्रित गरी प्रकाशन योग्य बनाउने र सम्वन्धित कार्यालयहरूलाइ पत्रसाथ जानकारी गराउने
उमेश आचार्य २०८००३१५
स.क.प. प्रस्तावनाः
दातृ निकायहरूको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको परियोजना प्रस्ताव तयार गरी समाज कल्याण परिषद्मा स्विकृतिका लागी पेश गर्ने
अच्युत सापकोटा २०८००२३०
उत्सव/दिनको विवरणः आम्दा नेपालले उत्सव वा पर्वको रूपमा मनाउने दिनहरूको सुचि अध्यावधिक गरी सम्वन्धित सबैलाइ जानकारी गराउने उमेश आचार्य २०८००३१५
दर्ता नविकरणः आम्दा नेपाल संस्था र संस्था अन्तरगतका सम्पूर्ण कार्यालयहरूले दर्ता/नविकरण गराउनु पर्ने कामको विवरण तयार गरी तोकिएको ढाँचामा अध्यावधिक गराइ राख्ने व्यवस्था गर्ने उमेश आचार्य २०८००२३०
 
ग. बैठकको निर्णय ।
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
प्रस्तावना पेश गर्नेः
गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको सहकार्यमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, सामुदायिक विद्यालय मनोचिकित्सा कार्यक्रम र दाँतको स्वस्थता कार्यक्रम, प्राकृतिक विपत्ति पूर्वतयारी कार्यक्रम सञ्चालन गर्न प्रस्तावना पेश गर्ने
उमेश आचार्य

२०८००२२५

प्रस्तावना माग गर्नेः
आम्दा नेपाल मातहतका सम्पूर्ण अस्पतालमा एकिकृत प्रणालीको अस्पताल व्यवस्थापन सफट्वेयर जडान गर्न प्रस्तावना माग गर्न सुचना प्रकाशन गर्ने ।
उमेश आचार्य २०८००२२५
CCTV निगरानीः
आम्दा नेपालमा जडित CCTV हरू मार्फत नियमित रूपमा शंकास्पद गतिविधको निगरानी गर्ने प्रवन्ध मिलाउन कर्मचारीलाइ अभिमुखिकरण गर्ने
रामबाबु देव २०८००२३०
नियमित विपरित काम गरेकोमा कारवाहीः
आम्दा नेपालको नियम विपरित काम गरेकोमा कर्मचारी नियमवलीमा तोकिए वमोजिम कारवाही गर्नका लागी निलम्बन गरिरहनु नपर्ने व्यहोरा स्पष्ट गर्ने ।
उमेश आचार्य २०८००२२५
ठेगाना प्रमाणित गराउनेः
आम्दा नेपालको केन्द्रीय कार्यालय अवस्थित स्थानको ठेगाना, संघीय संरचना पछि परिवर्तन भएकोमा परिवर्तित ठेगाना, गोकर्णेश्वर नगरपालिकाबाट प्रमाणित गराउने
अच्युत सापकोटा २०८००२२५
 
५. तस्विरहरु



MOU signed to upgrade SCWH at office of AMDA international, Japan
          
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map