Published Date: Jun 05, 2023
Expiry Date: Jun 11, 2023

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही

साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।०२।२१ गते, आइतवार
अवधिः वि.सं. २०८०।०२।१५ देखि २०८०।०२।२१ गतेसम्म (ई.सं. २०२३,२२औं हप्ता) ।
साप्ताहिक अंक: २२/२०२३


१. पालिका स्तरमा Rapid Response Team अभिमुखीकरण तथा स्थानीय द्रुत प्रतिकार्य टोलि गठन कार्यक्रममा सहभागिता
बुटवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा विश्व स्वास्थ्य संगठन-नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको “पालिका स्तरमा Rapid Response Team अभिमुखीकरण तथा स्थानीय द्रुत प्रतिकार्य टोलि गठन कार्यक्रम” मा सिद्धार्थ बाल तथा महिला अस्पतालबाट प्रशासक श्री खगेन्द्र क्षेत्री सहभागी हुनुभयो । मिति २०८० जेष्ठ १६ र १७ गते गरि २ दिन संचालन भएको उक्त अभिमुखीकरण एवं टोलि गठन कार्यक्रममा द्रुत प्रतिकार्य टोलि (RRT) को परिचय, RRT का कार्यहरू, सूचनाको महत्व, पूर्वतयारी, संक्रमणको रोकथाम तथा तथ्यांक अनुगमनका बारेमा प्रस्तुतिकण एवं छलफल भएको थियो ।
कार्यक्रमको अन्त्यमा बुटवल उप-महानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डेयको संयोजकत्वमा ५ सदस्यीय “बुटवल उप-महानगरपालिकाको द्रुत प्रतिकार्य समिति” गठन गरियो जसमा सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल सदस्य रहनुभएको छ । यस समिति अन्तर्गत १५ सदस्यीय द्रुत प्रतिकार्य टोलि (RRT)  गठन भएको छ जसले बुटवल नगरपालिका भित्र हुने प्रकोप एवं महामारीका घटनामा सत्य-तथ्य पत्ता लगाउनुका साथै आवश्यक प्रतिकार्य गर्दै जनमानसलाई सु-सूचित समेत गर्नेछ ।
 
२. पहिलो पाईला नेपालद्वारा वृक्षारोपण
पहिलो पाईला नेपालद्वारा मिति २०८० जेष्ठ १७ गतेका दिन संस्थाको ५औं स्थापना दिवसको अवसर पारेर सिद्धार्थ बाल तथा महिला अस्पतालको प्रांगणमा वर र पीपलको विरुवा रोपण गरिएको छ । उक्त वृक्षारोपण कार्यक्रममा अस्पतालका प्रशासक श्री खगेन्द्र क्षेत्री र आकस्मिक सेवा विभागका इन्चार्ज श्री श्रीकान्त सुवेदी सहभागी हुनुभएको थियो । रोपिएका उक्त वर र पीपलका विरुवाहरू हुर्किए पश्चात बिरामी एवं कुरुवालाई शितलता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
 
३. दुग्धपान तथा रक्तदान कार्यक्रम
बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीले २३औं अन्तर्राष्ट्रिय तथा १३औं राष्ट्रिय दुग्ध दिवसका अवसरमा सिद्धार्थ बाल तथा महिला अस्पतालको प्रांगणमा मिति २०८० जेष्ठ १८ गतेका दिन दुग्धपान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरूले दुधको महत्व माथि प्रकाश पार्दै यसको गुणस्तर कायम गर्नुपर्ने, व्यवस्थित बजारीकरण हुनुपर्ने र दुग्ध किसानलाई संरक्षण गर्नुपर्ने विषय राख्नुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालीका लागि प्रतिदिन २५० मिलि दुध उपयुक्त हुने सूचना महत्वपूर्ण रह्यो । कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पतालका कार्यवाहक मे.सु. डा. शशीशेखर झा अतिथिका रूपमा सहभागी हुनुभएको थियो । औपचारिक कार्यक्रम पश्चात कार्यक्रमका सहभागी, अस्पतालका विरामी, कुरुवा र अस्पताल कर्मचारीहरूलाई दुध वितरण गरिएको थियो ।
यसका साथै दिवसलाई अवसर पारेर रक्तदान कार्यक्रम समेत संचालन गरिएको थियो, जसमा अस्पताल कर्मचारीले समेत रक्तदान गरि सहभागिता जनाएका थिए ।
 
४. नियमित सरसफाई कार्यक्रम  
अस्पतालले प्रत्येक शुक्रवार गरिरहेको अस्पताल सरसफाई कार्यक्रमलाई २०८०/०२/१९ गते पनि निरन्तरता दिएको छ । यस अन्तर्गत अस्पताल परिसरलाई सरसफाई गरि स्वच्छ, सफा र आकर्षक राख्नका लागि सबै जनाको सहभागितामा निरन्तरता दिईदैआएको छ ।
 
५. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
अस्पतालका नियमित सेवाको समीक्षाका साथै देखिएका समस्याहरू सम्बन्धमा छलफल एवं सोको समाधानका लागि आवश्यक क्रियाका सम्बन्धमा अस्पतालका विभिन्न विभागका प्रमुख एवं प्रशासनिक एकाईहरूको प्रत्येक हप्ता बैठक बस्ने गरेकोमा यस सप्ताह २०८०/०२/२१ का दिन बैठक बस्यो ।

६. गतिविधिका तस्विरहरू
RRT (Rapid Response Team) Orientation & Formation_SCWH_20800216-17 Plantation by Pahilo Paila Nepal_SCWH_SCWH_20800217 Milk Distribution & Blood Donation Program SCWH_20800218


 
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map