Published Date: Jun 11, 2023
Expiry Date: Jun 17, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 

साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८०।०३।०४ गते, सोमवार
अवधिः वि.सं. २०८०।०२।२८ देखि २०८०।०३।०२ गते सम्म (ई.सं. २०२३, २४औं हप्ता) ।
साप्ताहिक अंक: २४/२०२३


१. पदपूर्तिको विज्ञापन प्रकाशन
आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा मेची अस्पताल, धुलावारीको लागि पद अधिकृत (प्रशासन/लेखा) नियमित तर्फ पदपुर्तिको सूचना वि.सं. २०८० जेठ ३१ गते प्रकाशन गरिएको छ ।

२. कार्यकारिणी बैठक सम्पन्न ।
आम्दा नेपाल कार्यकारिणी समितिको २० औं बैठक वि.सं २०८० जेठ ३१ गते निम्न बिषयहरुमा छलफल गरि सम्पन्न भएको छ ।
  • जापान भ्रमण समिक्षा
  • प्राचार्यको जिम्मेवारी
  • बैंक खाता सञ्चालनको हस्ताक्षर परिवर्तन
  • का.स.बैठकका निर्णयहरुको कार्यान्वयन ।
  • कर्मचारी वढुवा सिफारिश
  • स्थानिय सरकार समक्ष प्रस्तावना पेश गर्ने
  • आमा सुरक्षा कार्यक्रम लागु गर्ने
  • यात्रा खर्चको भुक्तानी
  • अवकाश प्राप्त कर्मचारीको उजुरी
  • फार्मेशी नविकरण
३. प्राचार्यको नियुक्ति ।
आम्दा नेपाल कार्यकारिणी समितिको मिति २०८० जेठ ३१ गते सम्पन्न बैठकको निर्णयानुसार आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दकमको गरिमामय प्राचार्य पदमा सोहि प्रतिष्ठानमा हाल बरिष्ठ अधिकृत (नर्सिङ्ग) पदमा कार्यरत श्री प्रमिला देवानलाई वि.सं. २०८० असार १ देखि लागु हुने गरि दुई वर्षका लागि नियुक्त गरिएको छ ।

४. विशेष सेवा करार नविकरण
आम्दा सिद्दार्थ वाल तथा महिला अस्पताल, बुटवलमा कार्यरत कन्सल्टेन्ट डा. रमेश पौडेल (Radiologist) को विषेश सेवा करार एक वर्षका लागि थप गरिएको छ ।

५. शिमाजु डेन्टल क्लिनिक सूचारु
आम्दा नेपाल केन्द्रिय कार्यालयमा सञ्चालन गरेको शिमाजु डेन्टल क्लिनिकको मेडिकल अधिकृत (डेण्टल) पद केहि समय देखि रिक्त रहेकोमावि.सं. २०८० असार १ गते देखि डा. दृष्टीराज जोशी हाजिरी भई पुनः सञ्चालनमा आएको छ । 

६. ई-विडिङ् अभिमुखिकरण सम्पन्न
आपुर्तिकर्ताहरुको सूची अध्यावधिक गर्न/गराउन र सो को प्रक्रिया बारेमा आन्तरिक व्यबस्थापन समिति र सम्बन्धित कर्मचारीहरुलाई अभिमुखिकरण गर्ने उदेश्य अनुरुप वि.सं. २०८० जेठ ३२ गते ई-विडिङ् अन्तर्गत भेण्डर पोर्टलको अभिमुखिकरण सम्पन्न भएको छ । अब आईन्दा जुन सकै सेवा प्रदायक/आपुर्तिकर्ताहरु वर्षमा ३६५ दिनै सूचीदर्ता वा अध्यावधिक हुने व्यहोरा जानकारी गराईयो ।

७. अस्पताल सफ्टवेयर प्रि-बिड बैठक सम्पन्न
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/क्लिनिकहरुको प्रयोजनका लागी आवश्यक Hospital Management Information System खरिदका लागि प्रस्ताव माग गरिएकोमा सो सूचनाको बारेमा जानकारी गराउन वि.सं. २०८० जेठ ३० गते राखीएको पुर्व तयारी बैठकमा ६ वटा ईच्छुक प्रस्तावकहरुको सहभागितामा सम्पन्न भयो ।

८. दन्त परिक्षण शिविर
गोकर्णेश्वर नगरपालिका र आम्दा नेपाल विच वि.सं २०८०।०२।०५ गते सम्पन्न संझौता अनुरूप गोकर्णेश्वर नगरपालिका क्षेत्रका सार्वजनिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको दाँतको स्वच्छता परिक्षण गर्ने कार्यक्रम अन्तर्गत वि.सं. २०८०।०२।०१ गते २०८०।०३।०१ गते सम्म निम्नानुसार दाँत परिक्षण कार्यक्रम सम्पन्न गरियो साथै दन्त चिकित्सकले दाँतको परिक्षण गर्ने, दाँतको स्वच्छता कायम गर्न पालना गर्नु पर्ने होसियारी सम्वन्धि शिक्षा प्रदान गर्ने र दाँतको सफाइका लागी दन्त मन्जन र ब्रस वितरण समेत गरिएको छ । 
मिति स्कुलको नाम ठेगाना परिक्षण संख्या
२०८०।०२।२९ श्री बालुवा सेकेन्डरी स्कुल गो.न.पा-२, बालुवा २६९
२०८०।०२।३० श्री सहयोगी सेकेन्डरी स्कुल गो.न.पा-४, गोकर्ण १७७
२०८०।०२।३१ श्री गोकर्ण सेकेन्डरी स्कुल गो.न.पा-४, गोकर्ण २८२
२०८०।०२।३२ श्री सुन्ताखान सेकेन्डरी स्कुल गो.न.पा-३, सुन्ताखान १६१
२०८०।०३।०१ श्री खगेन्द्र नवजीवन सेकेन्डरी स्कुल गो.न.पा-६, नारायणटार २२५
 
९. के.का. भवनको नक्सा तयार
आम्दा नेपाल केन्द्रिय कार्यालयको कार्यालय भवनको पुर्ण नक्साको डिजाईन कन्सल्टेन्सी मार्फत प्राप्त भएको छ । कार्यालयको जग्गाको ट्रेस नापि कार्यालयबाट प्राप्त गरी नगरपालिकामा भवन अभिलेखिकरण गर्ने प्रक्रिया अघि बढेको छ ।

१०. नियमित साप्ताहिक बैठक
 सं २०८०।०३।०४ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण जिम्मेवारी समयतालिका
छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु यो साता भित्र अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । सुदेश रेग्मी

नमुनाहरु संकलन तथा  अध्यवधिकको कार्य भईरहेको ।

योजना र कार्यक्रमः साधारण सभाले स्विकृत गरेको नीति योजना कार्यक्रम र बजेटलाइ एकत्रित गरी प्रकाशन योग्य बनाउने र सम्वन्धित कार्यालयहरूलाइ पत्रसाथ जानकारी गराउने उमेश आचार्य सवै कार्यालयहरुमा पत्राचार भएको
स.क.प. प्रस्तावनाः दातृ निकायहरूको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको परियोजना प्रस्ताव तयार गरी समाज कल्याण परिषद्मा स्विकृतिका लागी पेश गर्ने अच्युत सापकोटा तयार भइरहेको
DPAC/MPAC/WPAC: आम्दा नेपाल अन्तर्गत दातृ संस्थाको सहयोगमा सञ्चालिन हुने परियोजनाहरुको सञ्चालन स्विकृति तथा तोकिए बमोजिमको प्रतिवेदन नियमित रुपमा समाज कल्याण परिषदमा पेश नभएको जानकारी संकलन व्यबस्था मिलाउने । उमेश आचार्य
 
सवै कार्यालयहरुमा पत्राचार भएको
सूचीदर्ता अध्यावधिक गर्नेः आपुर्तिकर्ताहरुको सूची अध्यावधिक गर्न/गराउन र सो को प्रक्रिया बारेमा सम्बन्धित कर्मचारीहरुलाई अभिमुखिकरण गर्ने ।  उमेश आचार्य वि.सं. २०८०।०२।३२ मा सम्पन्न
उत्सव/दिनको विवरणः आम्दा नेपालले उत्सव वा पर्वको रूपमा मनाउने दिनहरूको सुचि अध्यावधिक गरी सम्वन्धित सबैलाइ जानकारी गराउने उमेश आचार्य २०८००३१५
दर्ता नविकरणः आम्दा नेपाल संस्था र संस्था अन्तरगतका सम्पूर्ण कार्यालयहरूले दर्ता/नविकरण गराउनु पर्ने कामको विवरण तयार गरी तोकिएको ढाँचामा अध्यावधिक गराइ राख्ने व्यवस्था गर्ने उमेश आचार्य के.का. को विवरण अध्यावधिक
प्रस्तावना पेश गर्नेः गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको सहकार्यमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, सामुदायिक विद्यालय मनोचिकित्सा कार्यक्रम र दाँतको स्वस्थता कार्यक्रम, प्राकृतिक विपत्ति पूर्वतयारी कार्यक्रम सञ्चालन गर्न प्रस्तावना पेश गर्ने । उमेश आचार्य

ड्राफ तयार भएको

CCTV निगरानीः आम्दा नेपालमा जडित CCTV हरू मार्फत नियमित रूपमा शंकास्पद गतिविधको निगरानी गर्ने प्रवन्ध मिलाउन कर्मचारीलाइ अभिमुखिकरण गर्ने रामबाबु देव २०८००२३०
१० बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा सम्बन्धमा अच्युत सापकोटा २०८००३०३
११ लेखा परिक्षणको समिक्षा र कार्य योजना रश्मी पुतुवार

२०८००३१५

१२ PIN अध्यावधिक गर्ने राम बाबु देव २०८००३१५
१३ वित्त नियन्त्रक रश्मी पुतुवारको संयोजकत्वमा स्टोरको भौतिक परिक्षण गर्न तिन सदस्यिय समिति गठन
 
रश्मी पुतुवार
रेनुका बस्नेत
पार्वति भट्ट
२०८००३१५
१४ का.स.मु. पुनर्ताजकी तालिम सञ्चालन गर्नेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल तथा परियोजनाहरुमा कार्यरत कर्मचारीहरु मध्ये आन्तरिक व्यबस्थापन समितिका सम्पुर्ण सदस्यहरुलाई भर्च्युयल माध्यमबाट का.स.मु. पुनर्ताजकि तालिम सञ्चालन गर्ने । अच्युत सापकोटा

२०८००२३२

१५ Hospital Software Pre-bid बैठकः आम्दा नेपालले वि.सं. २०८० जेष्ठ २३ गते प्रकाशित गरेको सूचना बमोजिम वि.सं. २०८० जेष्ठ ३० गते ईच्छुक सफ्टवेयर कम्पनी वा निजका प्रतिनिधिहरु सँग प्रि-विड बैठक राख्ने र सो बैठकमा उठेका सवालहरु संकलन गरी लिखित जवाफ पठाउने । राम बाबु देव सम्पन्न वि.सं. २०८० जेठ ३० गते
१६ सामाजिक सञ्चालमा राख्न नमिल्नेः आम्दा नेपालको कर्मचारी आचार संहिता विपरित संस्थाका बारेमा आधिकारीक सूचना अख्तियार प्राप्त अधिकारीले बाहेक कुनै पनी कर्मचारीले कुनै पनि माध्यम वा सामाजिक सञ्जालबाट संप्रेषण गर्न नमिल्ने ब्यहोरा जनाकारी गराउने र आचार संहिताको अध्ययन गरि अध्यावधिक गर्ने । अच्युत सापकोटा पत्राचार भएको
 
ख। वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू 
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
नीति नियम, कार्यविधि अध्यावधिक गर्ने ।  

२०८००३२९

 
 
 ग. 
बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
Full Recognition certificate (PCL Nursing) नविकरण प्रक्रिया लामो समय देखि विचारधिन रहेकोमा सत्य तथ्य बुझि नर्सिङ् काउन्सिलबाट नविकरण गराउने। उमेश आचार्य

२०८००३०७

डेन्टल क्लिनिक जन-स्वास्थ्य कार्यालय, काठमाडौबाट गरिएकोमा  लामो समय देखि नविकरण नभएकाले नविकरणका लागि नगरपालिक तथा जन-स्वास्थ्य कार्यालयमा बुझ्ने । उमेश आचार्य २०८००३०६
मोटरसाईकल नविकरण नियमित गराउने । उमेश आचार्य २०८००३२७
 
धन्यबाद !
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map