Published Date: Jul 10, 2023
Expiry Date: Jul 17, 2023

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०३।२५ गते
(अवधि वि.सं. २०८०।०३।१८ देखि २०८०।०३।२४ सम्म । ई.सं. २०२३, २६ औं हप्ता)
१. अक्सिजन प्लान्ट हस्तान्तरण तथा नवजात शिशु उपचार सेवा सुभारम्भ कार्यक्रम सम्पन्न l

आम्दा अस्पताल दमकलाई America Nepal Medical Foundation (ANMF) तथा Mission Rebuild Nepal द्वारा ६ महिना अगाडि निशुल्क प्रदान गरिएको अक्सिजन प्लान्टको मितिः २०८० असार १२ गते मंगलवार (२७ जुन २०२३), समय दिउसो १:०० वजे आम्दा अस्पताल दमकमा विधिवत रूपमा NICU भवन उद्घाटन तथा OXYGEN PLANT हस्तान्तरण कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यु बाट उद्घाटन गरि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ l अमेरिका नेपाल फाउण्डेशनको आर्थीक सहयोगमा निर्माण भएको यो प्लाटको फाउण्डेशनका पूर्व अध्यक्ष डा. भुपेश खड्का र मन्त्री मोहन बहादुर बस्नेतले आम्दा अस्पताललाई हस्तान्तरण गर्नु भयो । उक्त सन्दर्भमा आम्दा अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ड डा. प्रकाश शर्मा र बाल अस्पतालका तर्फबाट कि ओच बाल अस्पतालका संस्थापक बोर्ड सदस्य डा. भगवान कोईरालाको उपस्थिती रहेको थियो । आम्दा अस्पतालको प्राङ्गणमा सम्पन्न भएको औपचारिक कार्यक्रममा मन्त्री बस्नेतले यस आम्दा अस्पतालबाट न्यूनतम शुल्कमा जनतालाई अधिकतम सेवा प्रदान गर्न अनुरोध गर्नु भएको थियो । आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शर्माले यो अक्सिजन प्लान्ट यहाँ जडान भएर सुरु भएदेखि अस्पतालको मासिक १ लाख ५० हजार रुपैँया बचत भएको जानकारी दिनु भयो । विदेशी भूमिमा बसेर चिकित्सकिय सेवा दिइरहनु भएकाहरुले मातृभूमि प्रति देखाउनु भएको सदभावको प्रशंसा गर्दै डा. शर्माले भन्नु भयो ‘जुन सोच र सेवाको महसुस गरेर यहाँ अक्सिजन प्लाण्ट जोडिदिनु भएको छ हामी त्यो सोचलाई शक्तिमा परिणत गर्दै काम गर्ने छौ र यसको अधिकतम प्रयोगबाट आम्दा अस्पताल र यहाँ आवश्यक भन्दा बढि भएमा हामी अन्यत्र पनि प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आम्दा अस्पतालको सेवामा नागरिकको भरोसा रहेको र त्यो भरोसालाई अझ बढाएर काम गर्न अनुरोध गर्नु भयो । उहाँले दुवै अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन यहाँ रहेका अन्य आवश्कतालाई मन्त्रालयको तर्फबाट पनि सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
२. स्वास्थकर्मीहरुका लागी राष्ट्रिय खोप कार्यक्रम सम्बन्धि ४ दिने आधारभूत तालिममा सहभागी पठाइएको सम्बन्धमा ।
स्वास्थ्य सेवा बिभाग, परिवार कल्याण महाशाखा, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०३/२० देखि २०८०/०३/२३ गते सम्म बिर्तामोड झापामा, “स्वास्थकर्मीहरुका लागी राष्ट्रिय खोप कार्यक्रम सम्बन्धि ४ दिने आधारभूत तालिम” सम्बन्धि तालिम सम्पन्न भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट उषा कोइराला र अस्मिता पौडेल (staff Nurse)ले तालिममा सहभागीता जनाउनु भयो l
३. स्वास्थकर्मीहरुका लागी “क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सहभागी पठाइएको सम्बन्धमा ।
दमक नगरपालिका, स्वास्थ्य शाखा, दमकको आयोजनामा मिति : २०८०/०३/२३ गते दमक नगरपालिकामा, “(क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट Dr. Sanjay Rimal, Dr. Lila Sundar Shrestha, Dr. Diwash Raj Bohora, Dr. Shikhar Kattel, Dr. Purushottam Majhi, Dr. Satya Narayan Chaudhary, Dr. Dipayan Pandey, Dr. Arun Kumar Sah, Dr. Chandra Mohan Shah, Dr. Chandan Thakur, Dr. Sujeet Kumar Sharma, Dr. Sunil Jha, Dr. Sajeesh Pathak, Dr. Naresh Karki, Dr. Niranjan Mahato, Dr. Ritika Agrahari, Dr. Liway Limbu, Dr. Paru Hang Chha, Dr. Rakesh Kumar Mahata, Dr. Bibek Kumar Das, Dr. Manisha Sing ले तालिममा सहभागीको रुपमा पठाइएको थियो l
४. स्वास्थकर्मीहरुका लागी Primary Emergency Care(PEC) तालिममा सहभागी पठाइएको सम्बन्धमा ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०३/१४ देखि २०८०/०३/१९ गते सम्म श्री नेपाल APF अस्पताल बलम्बु, काठमाडौँमा “Primary Emergency Care(PEC)” तालिम सम्पन्न भएको छ l उक्त तालिम/कार्यक्रममा आम्दा अस्पताल, दमक बाट डा. निस्ता अग्रहरी र मनिषा सिटौलाले तालिममा सहभागीता जनाउनु भयो l
५. MNH कार्यक्रमको सयुंक्त अनुगमन कार्यक्रममा सहभागी पठाइएको सम्बन्धमा ।
स्वास्थ्य निर्देशनालय, कोशी प्रदेश, धनकुटाको आयोजनामा मिति २०८०/०३/१६ देखि २०८०/०३/२१ गते सम्म पांचथर र झापामा “MNH कार्यक्रमको सयुंक्त अनुगमन कार्यक्रम” सम्पन्न भएको छ l उक्त तालिम/कार्यक्रममा आम्दा अस्पताल, दमक बाट नर्ससिंग अधिकृत टिका देवी सुबेदी (सातौ तह) ले तालिम/कार्यक्रममा सहभागीता जनाउनु भयो l
NICU भवन उद्घाटन तथा OXYGEN PLANT हस्तान्तरण कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यु बाट उद्घाटन गरि हस्तान्तरण कार्यक्रम मितिः २०८० असार १२ गते मंगलवार (२७ जुन २०२३),
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map