Published Date: Jul 30, 2023
Expiry Date: Aug 05, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८०।०४।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।०४।१४ देखि २०८०।०४।२० गते सम्म (ई.सं. २०२३, ३१ औं हप्ता) ।
साप्ताहिक अंक: ३१/२०२३


१. अन्तर्वार्ता सम्पन्न आम्दा नेपाल पदपुर्ति समितिले आम्दा अस्पताल, दमकको प्रयोजनार्थ Registrar Internal Medicine पदका लागि मिति २०८० साउन १२ गते प्रकाशित सूचना (#009290/01/2080/81) बमोजिम रित पुर्वक प्राप्त निवेदनका आधारमा अन्तरवार्ताका लागि छनौट भएका परिक्षार्थीहरुको अन्तरवार्ता तथा दक्षता परिक्षण कार्यक्रम मिति २०८० साउन २० गते सम्पन्न भएको छ ।

२. शिक्षामुलक कार्यक्रम सम्पन्न स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ३, तारेभिरमा रहेका महिला समुहलाई क्यान्सर सम्बन्धि शिक्षामुलक प्रशिक्षण कार्यक्रम मिति २०८०।०४।१९ मा सम्पन्न भयो ।

३. सफ्टवेयर जडान, API तथा स्विकृति आम्दा नेपाल र डि-कोड सफ्टवेयर विच सम्पन्न संझौता बमोजिम आम्दा नेपाल मातहतमा अस्पताल तथा क्लिनिकहरुमा डि-कोड सफ्टवेयर जडानको कार्य भैरहेको साथै अस्पतालहरुले दिने सेवाको बिलिङ्का लागि आन्तरिक राजश्व कार्यालय, सामाजिक सुरक्षा कोष र विमा बोर्ड लगायतका कार्यालयबाट API तथा स्विकृति लिने काम भैरहेको छ ।

४. नियमित साप्ताहिक बैठक
 बि. सं २०८०।०४।२२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा । २०८००३०८
अच्युत सापकोटा
 
सम्पन्नः
स्त्रि रोग विशेषज्ञ चिकित्सकलाइ तीन महिना वेतलबी विदा प्रदान गर्ने निर्णय भएको छ । आम्दा अस्प्तालको राय वमोजिम फार्मेशी अधिकृतको सरूवा निवेदन स्विकृत नभएको जानकारी गराइएको छ ।
PIN अध्यावधिक गर्नेः
आम्दा नेपालमा काजगीरूपमा रहेका सम्पूर्ण कागजातलाइ स्क्यान गरी डिजिटलाइज गर्ने र सुरक्षित भण्डारणको व्यवस्था गर्ने ।
२०८००३१५
राम बाबु देव
 
सम्पन्नः
हालसम्म क्यान भइ सकेका फायलहरूलाइ आम्दा नेपालको सर्भर र क्लाउडमा राखिएको छ । थप क्यान गर्ने काममा रिसेप्शनिष्टलाइ तालिम प्रदान गरिएको छ ।
भौतिक परिक्षणः वित्त नियन्त्रक रश्मी पुतुवारको संयोजकत्वमा स्टोरको भौतिक परिक्षण गर्न तिन सदस्यिय समिति गठन
 
रश्मी पुतुवार
रेनुका बस्नेत
पार्वति भट्ट
भौतिक परिक्षण सम्पन्न भई प्रतिवेदन पेश भएको (२०८००४१८)
नीति नियम, कार्यविधि अध्यावधिक गर्ने
आम्दा नेपालले स्विकृत गरेका नीति, नियम एवं कार्यविधिकहरूको सुची आम्दा नेपालको वेभसाइडमा सुचिकृत गर्ने
२०८००३२९
सुदेश रेग्मी
 

सम्पन्न

स्विकृत नीति, नियम, कार्यविधिहरू आम्दा नेपालको वेभसाइड http:// …… मा सुचिकृत गरिएका छन् ।
समझदारी/संझौता अध्यावधिक गर्ने
आम्दा नेपालले अन्य संस्थाहरूसँग गरेका समझदारी/संझौताहरूको सुचि संग्रहित गरी आम्दा नेपालको वेभसाइडबाट हेर्न मिल्ने गरी क्रमवद्द सुचिकृत गर्ने
२०८००३२०
उमेश आचार्य
 

सम्पन्न

स्विकृत नीति, नियम, कार्यविधिहरू आम्दा नेपालको वेभसाइड https://amda.org.np/agreement-and-mou.html मा सुचिकृत गरिएका छन् ।

कार्य सम्पादन मुल्याङ्कनः कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । २०८००३२२
अच्युत सापकोटा
 
 
ई-मेल व्यबस्थापनः आम्दा नेपालको डोमिनमा खोलिएका ई-मेलहरु सबै कर्मचारीहरुका लागी आवश्यक नहुने देखिएकाले क-कसलाई आम्दाको ई-मेल आवश्यक पर्ने हो नामावली सहित विवरण पेश गर्न आम्दा नेपाल अन्तर्गतका कार्यालयहरुलाई पत्राचार गरिएकोमा केहिबाट मात्र जवाफ प्राप्त भएकाले दुई दिनको सूचना दिई स्वतः निष्क्रिय हुने व्यहोरा जानकारी गराई कार्यान्वयन गर्ने । रामबाबु
 
सम्पन्नः
आम्दा नेपाल अन्तर्गतका संपुर्ण कार्यालयहरुलाई जानकारी गराइ प्राप्त सुचि ईमेलल एकाउन्टहरू अध्यावधिक गरिएको छ ।
लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिः अर्को व्यबस्था नभए सम्म जनशक्ति व्यबस्थापनको जिम्मेवारी लिएको कर्मचारीलाई लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिका रुपमा तोक्न पत्राचार गर्ने र सो कार्यलाई जनशक्ति इकाइको काम, कर्तव्य विवरणमा समावेश गर्ने । २०८००३२०
अच्युत सापकोटा
 
 
प्रतिवेदन तयार गर्नेः आ.व. २०७९/८० को अन्तिम लेखा परिक्षण शुरू हुनु आगावै यस अघि को परिक्षकले सुझाएका सुझावहरू कार्यान्वयन भएको एकिन गर्ने र सोको प्रतिवेदन तयार गर्ने । २०८००३२५
रश्मी पुतुवार
 
 
१० प्रतिवेदनहरु वेवसाइटमा प्रकाशन गर्नेः आम्दा नेपालमा प्राप्त हुने जुनसुकै प्रकारको प्रतिवेदनहरू (निरिक्षण, अनुगमन, भ्रमण, अनुसन्धान, सर्भेक्षण, आदी) को डिजिटल प्रति आम्दा नेपालको  वेवसाइटमा व्यवस्थित तवरले सुरक्षित राख्ने । २०८००३२५
रामवावु देव
 
 
११ नागरिक वडा पत्र अध्यावधिक गर्ने २०८००३३०
रामबाबु देव
 

 

१२ आ.व. २०७९।८० को प्रतिवेदनः आ.व. २०७९।८० मा गरिएका निम्न कार्यहरुको बार्षिक प्रतिवेदन पेश गर्ने ।
 
२०८००४१५
 - प्रगति प्रतिवेदन:  अच्युत सापकोटा
- नीति/नियमः उमेश आचार्य
- लेखा परिक्षणः रश्मी पुतुवार
- पत्राचारः  उमेश आचार्य
- आ.व. २०८०।८१ Year Book उमेश/रश्मी
 
१३ लेनदेनको सूचना दिनेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, परियोजना तथा शैक्षिक कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालनका क्रममा कुनै व्यक्ति, संस्था वा आपुर्तिकर्ता सँगको लिनदेनका बारेमा जानकारी लिने । २०८००४१५
उमेश आचार्य
 
आम्दा नेपालको E-bidding मार्फत सूचिकृत भएका सम्पुर्ण सेवा प्रदायक, आपुर्तिकर्ताहरुलाई Balance Confirmation पेश गर्न मिति २०८० साउन १८ गतेको पत्र मार्फत सूचित गरियो ।
१४ प्रतिवेदन अध्यावधिक गर्ने
आम्दा नेपाल मातहतका कार्यालयहरूसँग सवन्धित प्रतिवेदनहरूलाइ आम्दा नेपालको वेभसाइड मार्फत हेर्न मिल्ने गरी अध्यावधिक गर्ने ।
२०८००४१५
रामबाबु देव
 
 
१५ कार्य सम्पादन मुल्याङ्कनका लागि सूचना प्रकाशन गर्नेः आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन गर्न सूचना प्रकाशन गर्ने निर्णय गरियो । २०८००४०९
अच्युत सापकोटा
 

सम्पन्न

का.स.मु. भरी वुझाउन मिति २०८०।०४।०८ मा सुचना प्रकाशन गरी कर्मचारीहरुबाट फारम संकलन गरियो ।
१६ कर्मचारी तालिम तथा क्षमता विकाशः
वार्षिक कार्यक्रममा उल्लेख भएका तालिमका लागी कार्यसुची बनाउने र डिमान्ड सर्भे सम्पन्न गरी, विवरण सहित पेश गर्ने ।
२०८००४३०
अच्युत सापकोटा
 
१७ नियमित मरमत संभार विवरण
आ.व. २०८०/०८१ भरमा केन्द्रीय कार्यालयमा रहेका सरसामान, उपकरण, सवारी साधान, भवन, परिसर लगायतको मरमत संभार तालिका अध्यावधिक गरी वेभसाइडमा राख्ने ।
२०८००४३०
उमेश आचार्य
आ.व. २०८०।८१ को नियमित मर्मत संभारको बार्षिक कार्य तालिका संबन्धित सबैलाई वितरण गरियो ।
१८ पुराना सवारी साधानको व्यवस्थापनः
आम्दा नेपालमा रहेका पुराना सवारी साधान मध्ये पूर्व निर्णय वमोजिम जम्मा एउटा स्कुटर र एउटा मो.सा. वाहेक अन्य मोटरसाइकल/स्कुटरहरूलाइ तत्काल व्यवस्थापन गर्न पहिलो चरणमा कुनै कार्यालयमा आवश्यक छ/छैन वुझ्ने, दोश्रो चरणमा लिलामी गर्न प्रयत्न गर्ने, नभए नष्ट गर्ने ।
   
१९ परियोजनाबाट सोधभर्ना लिने
आम्दा नेपाल मातहतको जुनसुकै परियोजनामा संस्थाको सवारीसाधान, उपकरण, जनशक्ति लगायतका श्रोत प्रयोग भएकोमा संवन्धित परियोजनाबाट नियमानुसार सोधभर्ना लिने ।
२०८००४२०
रश्मी पुतुवार
 
 
 
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू  
क्र.सं. कामको विवरण समय तालिका र जिम्मेवारी प्रगति विवरण
बार्षिक प्रगति प्रतिवेदनः
आम्दा नेपाल मातहतका सम्पुर्ण कार्यालयहरुको आ.व. २०७९।८० को स्विकृत वार्षिक योजना र  कार्यक्रम बमोजिमको वार्षिक प्रतिवेदन एकमुष्ट प्रकाशन गर्ने । 
२०८००५३०
अच्युत सापकोटा

 

सरकारी कार्यालयको स्विकृतीः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, परियोजनाहरुको नेपाल सरकारका सम्बन्धित कार्यालयवाट स्विकृति लिने पर्नेमा स्विकृति लिने।
२०८००५३०
अच्युत सापकोटा

 

   
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map