Published Date: Aug 06, 2023
Expiry Date: Aug 19, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८०।०४।२९ गते, सोमवार
अवधिः वि.सं. २०८०।०४।२१ देखि २०८०।०४।२७ गते सम्म (ई.सं. २०२३, ३२ औं हप्ता) ।
साप्ताहिक अंक: ३२/२०२३


१. आम्दा नेपालबाट परियोजना र अस्पताल निरिक्षण भ्रमण आम्दा नेपालका सचिव डा. यज्ञराज पाठकको नेतृत्वमा आम्दा इपिक परियोजना, आम्दा अस्पताल लगायत आम्दा मेची अस्पतालको निरिक्षण भ्रमण मिति २०८०।०४।२४ र २५ गते सम्पन्न भएको छ । यस भ्रमणमा आम्दा मेची अस्पतालको विकास र विस्तारमा स्थानीय व्यबस्थापनको भुमिका र कार्यविधिका वारेमा विस्तृत छलफल भइ सौहार्द पुर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको छ ।

२. आम्दा ईन्टरनेशनलको प्रतिनिधिको भ्रमण आम्दा ईन्टरनेशनलका कार्यक्रम अधिकृत (Project Officer) श्री अर्चना जोशीको नेतृत्वमा  AMDA Junior and High School Students Club को टोली नेपाली समुदायको साँकृतिक, पारम्परा, रहनसहन आदीका वारेमा जानकारी लिने उदेश्यले सन् २०२३ अगष्ट १२ देखी नेपालको एक साता भ्रमणमा आउनु भएको छ । यस टोलीले आम्दा अस्पताल, दमक समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

३. क्यान्सर परिक्षण शिविर सम्पन्न स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत आम्दा नेपाल कार्यालयमा  ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सरको परिक्षण गर्नुका साथै USG र Mammogram परिक्षण सेवा समेत वि.सं. २०८०।०४।१९ गते सम्पन्न भएको छ ।

४. नियमित साप्ताहिक बैठक
 बि. सं २०८०।०४।२९ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
PIN अध्यावधिक गर्नेः
आम्दा नेपालमा काजगीरूपमा रहेका सम्पूर्ण कागजातलाइ स्क्यान गरी डिजिटलाइज गर्ने र सुरक्षित भण्डारणको व्यवस्था गर्ने ।
२०८००३१५
राम बाबु देव
 
सम्पन्नः
हालसम्म क्यान भइ सकेका फायलहरूलाइ आम्दा नेपालको सर्भर र क्लाउडमा राखिएको छ । थप क्यान गर्ने काममा रिसेप्शनिष्टलाइ तालिम प्रदान गरिएको छ ।
नीति नियम, कार्यविधि अध्यावधिक गर्ने
आम्दा नेपालले स्विकृत गरेका नीति, नियम एवं कार्यविधिकहरूको सुची आम्दा नेपालको वेभसाइडमा सुचिकृत गर्ने
२०८००३२९
सुदेश रेग्मी
 

सम्पन्न

स्विकृत नीति, नियम, कार्यविधिहरू आम्दा नेपालको वेभसाइड https://amda.org.np/policies-and-guidelines.html मा सुचिकृत गरिएका छन् ।
कार्य सम्पादन मुल्याङ्कनः कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । २०८००३२२
अच्युत सापकोटा
 
 
ई-मेल व्यबस्थापनः आम्दा नेपालको डोमिनमा खोलिएका ई-मेलहरु सबै कर्मचारीहरुका लागी आवश्यक नहुने देखिएकाले क-कसलाई आम्दाको ई-मेल आवश्यक पर्ने हो नामावली सहित विवरण पेश गर्न आम्दा नेपाल अन्तर्गतका कार्यालयहरुलाई पत्राचार गरिएकोमा केहिबाट मात्र जवाफ प्राप्त भएकाले दुई दिनको सूचना दिई स्वतः निष्क्रिय हुने व्यहोरा जानकारी गराई कार्यान्वयन गर्ने । रामबाबु
 
सम्पन्नः
आम्दा नेपाल अन्तर्गतका संपुर्ण कार्यालयहरुलाई जानकारी गराइ प्राप्त सुचि 
Active Email List ईमेलल एकाउन्टहरू अध्यावधिक गरिएको छ ।
लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिः अर्को व्यबस्था नभए सम्म जनशक्ति व्यबस्थापनको जिम्मेवारी लिएको कर्मचारीलाई लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिका रुपमा तोक्न पत्राचार गर्ने र सो कार्यलाई जनशक्ति इकाइको काम, कर्तव्य विवरणमा समावेश गर्ने । २०८००३२०
अच्युत सापकोटा
 
 
प्रतिवेदन तयार गर्नेः आ.व. २०७९/८० को अन्तिम लेखा परिक्षण शुरू हुनु आगावै यस अघि को परिक्षकले सुझाएका सुझावहरू कार्यान्वयन भएको एकिन गर्ने र सोको प्रतिवेदन तयार गर्ने । २०८००३२५
रश्मी पुतुवार
 
 
प्रतिवेदनहरु वेवसाइटमा प्रकाशन गर्नेः आम्दा नेपालमा प्राप्त हुने जुनसुकै प्रकारको प्रतिवेदनहरू (निरिक्षण, अनुगमन, भ्रमण, अनुसन्धान, सर्भेक्षण, आदी) को डिजिटल प्रति आम्दा नेपालको  वेवसाइटमा व्यवस्थित तवरले सुरक्षित राख्ने । २०८००३२५
रामवावु देव
 
 
नागरिक वडा पत्र अध्यावधिक गर्ने २०८००३३०
रामबाबु देव
 

 

आ.व. २०७९।८० को प्रतिवेदनः आ.व. २०७९।८० मा गरिएका निम्न कार्यहरुको बार्षिक प्रतिवेदन पेश गर्ने ।
 
२०८००४१५
 - प्रगति प्रतिवेदन:  अच्युत सापकोटा
- नीति/नियमः उमेश आचार्य
- लेखा परिक्षणः रश्मी पुतुवार
- पत्राचारः  उमेश आचार्य
- आ.व. २०८०।८१ Year Book उमेश/रश्मी
 
१० प्रतिवेदन अध्यावधिक गर्ने
आम्दा नेपाल मातहतका कार्यालयहरूसँग सवन्धित प्रतिवेदनहरूलाइ आम्दा नेपालको वेभसाइड मार्फत हेर्न मिल्ने गरी अध्यावधिक गर्ने ।
२०८००४१५
रामबाबु देव
 
 
११ कर्मचारी तालिम तथा क्षमता विकाशः
वार्षिक कार्यक्रममा उल्लेख भएका तालिमका लागी कार्यसुची बनाउने र डिमान्ड सर्भे सम्पन्न गरी, विवरण सहित पेश गर्ने ।
२०८००४३०
अच्युत सापकोटा
कर्मचारीहरुका लागि आवश्यक तालिम माग गर्ने फारम के.का. का कर्मचारीहरुलाई वितरण गरिएको ।
१२ पुराना सवारी साधानको व्यवस्थापनः
आम्दा नेपालमा रहेका पुराना सवारी साधान मध्ये पूर्व निर्णय वमोजिम जम्मा एउटा स्कुटर र एउटा मो.सा. वाहेक अन्य मोटरसाइकल/स्कुटरहरूलाइ तत्काल व्यवस्थापन गर्न पहिलो चरणमा कुनै कार्यालयमा आवश्यक छ/छैन वुझ्ने, दोश्रो चरणमा लिलामी गर्न प्रयत्न गर्ने, नभए नष्ट गर्ने ।
   
१३ परियोजनाबाट सोधभर्ना लिने
आम्दा नेपाल मातहतको जुनसुकै परियोजनामा संस्थाको सवारीसाधान, उपकरण, जनशक्ति लगायतका श्रोत प्रयोग भएकोमा संवन्धित परियोजनाबाट नियमानुसार सोधभर्ना लिने ।
२०८००४२०
रश्मी पुतुवार
 
१४ बार्षिक प्रगति प्रतिवेदनः
आम्दा नेपाल मातहतका सम्पुर्ण कार्यालयहरुको आ.व. २०७९।८० को स्विकृत वार्षिक योजना र  कार्यक्रम बमोजिमको वार्षिक प्रतिवेदन एकमुष्ट प्रकाशन गर्ने । 
२०८००५३०
अच्युत सापकोटा
 
१५ सरकारी कार्यालयको स्विकृतीः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, परियोजनाहरुको नेपाल सरकारका सम्बन्धित कार्यालयवाट स्विकृति लिने पर्नेमा स्विकृति लिने।
२०८००५३०
अच्युत सापकोटा
 
 
 
 
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू  
क्र.सं. कामको विवरण समय तालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक व्यबस्थापन समिति अध्यावधिक
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम र परियोजनाहरुमा गठन गरिएका आन्तरिक व्यवस्थापन समिति आध्यावधिक गर्ने ।
२०८००५१५
उमेश आचार्य

 

नागरिक वडापत्र
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम, परियोजना लगायतका नागरिक वडापत्रहरु अध्यावधिक गरी सो को विवरण फोटो सहित संकलन गर्ने ।
२०८००५१५
उमेश आचार्य

 

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश समय तालिका जिम्मेवारी प्रगति विवरण
लेखापरीक्षण अवलोकन प्रतिक्रियाः
आम्दा नेपाल मतहतका सम्पुर्ण कार्यालयहरुको आ.व. २०८०।८१ को बाह्य लेखा परिक्षणको कार्य सम्पन्न भएकाले परिक्षणका क्रममा भेटिएका सवालहरुको व्यबस्थापनले दिने जवाफ संबन्धित कर्मचारीहरुले दिने ।
 

 

गाडि मर्मतः
आम्दा नेपालमा रहेको बा. २ च. २५६७ को गाडि मर्मत संभार गर्नु पर्ने भएकाले Engine, Gearbox, Pump and Air Conditioner लगायतका मुख्य कार्य बाहेक समान्य अवस्थामा गाडी जोखिम विना सञ्चालन गर्न सकिने गरि मर्मत संभार गर्ने ।
 

 

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map