Published Date: Sep 19, 2023
Expiry Date: Sep 24, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०६।०१ गते, सोमवार
अवधिः वि.सं. २०८०।०५।२४ देखि २०८०।०५।३१ गते सम्म (ई.सं. २०२३, ३७ औं हप्ता) ।
साप्ताहिक अंक: ३७/२०२३
 

१. आकस्मिक सहयताका लागी स्वयंसेवक परिचालन
मोरक्को देशमा र्इ.सं. २०२३ सेप्टेम्बर ९ तारेखका दिन गएको विनाशकारी भुम्कप प्रभावितहरूलार्इ मानविय सेवा कार्यक्रम अन्तर्गत आकस्मिक उपचार सेवा प्रदान गर्न आम्दा र्इन्टरनेशनल, जापानको आव्ह्रानमा आम्दा नेपालबाट हाल आम्दा अस्प्ताल दमकमा कार्यरत विशेषज्ञ चिकित्सक द्वय डा. नविन ढकाल र डा. अरूण कुमार साहलाइ खटाउने निर्णय गरिएको छ ।

२. मानसिक स्वास्थ्य सम्वन्धि तालिम सञ्चालन
बुटवल उपमहानगरपालिकाको अनुरोध वमोजिम आम्दा नेपालका सदस्य तथा मानसिक रोग विशेषज्ञ डा. सरोज प्रसाद वझाले आम्दा नेपालको तर्फबाट बुटवल उपमहानगरपालिकाका वडाध्यक्ष लगायतमा पदाधिकारीहरूलाइ मानसिक स्वास्थ्य संवन्धि तालिम वि.सं. २०८०।०६।०५ गते सञ्चालन गर्ने कार्यक्रम तय भएको छ ।

३. परियोजना स्विकृति
आम्दा नेपालले UNHCR को सहयोगमा सञ्चालन गर्दै आएको People We Serve (भुटानी शरणार्थी सहयोग सम्वन्धि) परियोजना, FHI360 को सहयोगमा सञ्चालन गर्दै आएको Epic परियोजना स्विकृति तथा अनुमोदनको लागी समाज कल्याण परिषद्मा प्रस्तावना पेश गरिएको छ ।

४.
परियोजना अनुगमन तथा मूल्याङ्कन
आम्दा नेपालले AMDA MINDs तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गर्दै आएको Project for Breast and Cervical Cancer Screening Camp को अनुगमन मूल्याङ्कनका लागी समाज कल्याण परिषद्मा कार्य विवरण पेश गरिएको छ ।


५. नियमित साप्ताहिक बैठक
बि.सं २०८०।०६।०१ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
योजना तथा कार्यक्रमः
आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने ।
सुदेश रेग्मी  
दर्ता नविकरणः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम, सवारी साधन, घरभाडा, आपुर्तिकर्ता लगायतका दर्ता तथा नविकरण अध्यावधिक गर्ने । 
२०८००५३०
उमेश आचार्य
के.का.को सम्पन्न । वाँकी कार्यालयको अध्यावधिक गर्न पठाइएको छ ।
अन्तिम लेखा परिक्षणः
आम्दा नेपालको आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन भदौ मसान्त भित्र प्राप्त गर्ने र परिक्षणको क्रममा उठेका सवालहरुमा आवश्यक कार्य योजना तयार गर्ने ।
 
रश्मी पुतुवार
२०८००५३१
 
ICT अध्यावधिकः
आम्दा नेपालको वेवसाईटमा आम्दा नेपालका, नीति, नियम, कार्यविधि, निर्देशिका, परिपत्र एवं हस्पपुस्तिका समेतको विवरण सहित कागजात तथा प्रतिवेदनहरु अध्यावधिक गर्ने । 
रामवाबु देव
२०८००५३०
 
 
 
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा र उमेश प्रसाद आचार्य
  •  
 
  डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
२०८००६३०
 
 
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षय कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

व्यवस्थापन कार्यशालाः
आम्दा नेपालको व्यवस्थापन कार्यशालामा केन्द्रीय कार्यालयको तर्फबाट प्रस्तुत गर्ने प्रस्ताव तयारीका लागी आवश्यक विवरण संकलन गरी पूर्व तयारी सम्पन्न गर्ने
उमेश आचार्य २०८००६१५
 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
सेवा प्रदान हुन नसकेको सेवाशूल्क फिर्ता गर्नेः
आम्दा नेपालले प्रयोगमा ल्याएको DCODE सफ्टवेयरमा कुनै विरामीले अस्पतालको सेवा प्राप्त गर्नका लागी बुझाएको सेवाशूल्क संवन्धित शाखाले सेवा प्रदान गर्न नसकेको व्यहोरा जनाएको अवस्थामा काउण्टरले अर्को व्यवस्था नहुन्जेल सम्म सम्वन्धित विमारीलाइ नगद फिर्ता गर्न सक्ने व्यवस्था मिलाउने ।
राम बाबु देव

२०८००६०१


धन्यबाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map