Published Date: Dec 10, 2023
Expiry Date: Dec 16, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।०२ गते, सोमवार
अवधिः वि.सं. २०८०।०८।२४ देखि २०८०।०८।३० गते सम्म (ई.सं. २०२३, ५० औं हप्ता) ।
साप्ताहिक अंक: ५०/२०२३


१. समाज कल्याण परिषद्को अनुगमन ।
समाज कल्याण परिषद्को स्विकृति लिइ आम्दा नेपालले गोकर्णेश्वर नगरपालिका भित्र रहेका ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना सञ्चालन गर्दै आएकोमा, उक्त समाज कल्याण परिषद्बो टोलीबाट वि.सं २०८०।०९।०४ गते आम्दा नेपाल कार्यालयको अनुगमन हुने कार्यक्रम तय भएको छ ।

२. आमा समुहका अध्यक्षहरुलाई प्रशिक्षण ।
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका भित्रका ७० जना आमा समुहका अध्यक्षहरुलाई क्यान्सर सम्बन्धि प्रशिक्षण कार्यक्रम वि.सं. २०८०।०८।२८ गते सम्पन्न भएको छ ।

३. कर्मचारी अवकाश ।
आम्दा मेची अस्पतालमा कार्यरत रहँदा लेखा शाखाको समेत जिम्मेवारी सम्हालेको अवस्थामा, अस्पतालको आय रकम आम्दा नेपालको नियमानुसार तोकिएको बैंक खातामा जम्मा गर्नु पर्नेमा नगरेको, आफुखुसी संस्थाको आर्थिक श्रोत एवं आम्दानीको दुरूपयोग गरेको, भुक्तानी तयार गर्दा सम्वन्धित आपूर्तिकर्ताको नाममा एकाउण्टपेयी चेक मार्फत गर्नु पर्नेमा व्यक्तिका नाममा चेक तयार गरी आफैले रकम दुरूपयोग गरेको लगायत संस्थाको आर्थिक नियमावली, निर्देशिका एवं कार्यविधिमा तोकिएको विधि तथा प्रक्रियाको पालना नगरेकाले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा कार्यरत श्री तारा थापा, सहायक (प्र./ले.), कर्मचारी संकेत नं. ११५०४ लाई आम्दा नेपालको नियमानुसार वि.सं. २०८०।०८।२७ गते बाट तत्कालै लागुहुने गरी आम्दा नेपालको सेवामा भविष्यमा समेत अयोग्य हुने गरी अवकाश दिइएको छ ।

३. सफ्टवेयरमा फार्मेशिको Form/Format तयार
आम्दा नेपालले प्रयोगमा ल्याएको D-code Software मा फार्मेशिमा प्रयोग हुने फारमहरु आम्दा नेपालको मापदण्ड बमोजिम तयार भएको छ ।

४. नियमित साप्ताहिक बैठक
 बि. सं २०८०।०९।०२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
तयारी अन्तिम चरणमा
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइडिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
 
 
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००९१५

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । सुदेश रेग्मी

 

अस्पतालहरुको अघिल्लो पटक नविकरण हुदाँको समयमा तोकिएका शर्तहरुको प्रगति विवरण माग गर्ने । उमेश आचार्य

२०८००९१३

 
 

ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
   

 

   

 

 

ग. बैठकको निर्णय ।
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
कर्मचारीको राजिनामाः आम्दा नेपाल केन्द्रिय कार्यालयमा विषेश सेवा करारमा कार्यरत नविन परियारले आफ्नो पदबाट राजिनामा दिनु भएकोमा स्विकृतिका लागि शिफारिश प्रस्ताव गर्ने । अच्युत सापकोटा

 

बेतलवि विदाः नियमानुसार स्विकृत गर्न प्रस्ताव गर्ने अच्युत सापकोटा

 

   

 


 
 
 

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map