Published Date: Apr 28, 2025
Expiry Date: May 04, 2025
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८२।०१।१५ गते l
(अवधि वि.सं. २०८२।०१।०८ देखि २०८२।०१।१४ सम्म ई.सं. २०२५, १७ औं हप्ता)
१. आम्दा अस्पतालमा डाइलोसिस सेवा सुरु हुदै l
(अवधि वि.सं. २०८२।०१।०८ देखि २०८२।०१।१४ सम्म ई.सं. २०२५, १७ औं हप्ता)
१. आम्दा अस्पतालमा डाइलोसिस सेवा सुरु हुदै l
आम्दा अस्पताल खरखरे दमकमा मिगौला रोगीका लागि डाईलोसिस सेवा सञ्चालन गरिने भएको छ । आम्दा अस्पतालले भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल संग सम्झौता गरि २० शैयाको डाइलाइसिस सेवा सुरु गर्न लागेको हो l ओम साई पाथिभरा अस्पताल भद्रपुर झापा र आम्दा अस्पताल दमकबीच २० शय्याको डायलासिस विभाग सञ्चालन गर्नका लागि सम्झौता पत्र (Agreemeent) मा हस्ताक्षर भएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता एक कार्यक्रमका बीच त्यस सम्बन्धी संझौता पत्रमा हस्ताक्षर गरिएको थियो । सम्झौतामा आम्दा अस्पताल दमकका मेडिकल सुपरीटेन्डेन्ट डा. शिखर कट्टेल र ओम साई पाथिभरा अस्पतालका निर्देशक श्री बाल कुमार पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका मेयर श्री राम कुमार थापा रहनुभएको थियो । उक्त कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष, गोपाल गुरागाईं, नेपाल रेडक्रस सोसाइटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी, कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुनुभएको थियो । उक्त समारोहमा आम्दा नेपालका सह सचिब डा. नविन ढकाल, डा. प्रकाश शर्मा, डा. किशोर सिंह लगायत अन्य चिकित्सकहरूको समेत उपस्थिति रहेको थियो । यो सहकार्यसँगै पुर्बी नेपालको बिशेष गरि दमक र आसपासका क्षेत्रमा मिर्गौला रोग सम्बन्धी समस्याबाट पीडित बिरामीहरूले स्थानीय स्तरमै गुणस्तरीय डायलासिस सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै, दमकको आम्दा अस्पतालमा डाईलोसिस सेवा सञ्चालन सुरु भएपछि पूर्वी मोरङ्ग, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरु लाभान्वित हुने डा. नबिन ढकालले बताउनुभयो ।
२. आम्दा अस्पताल उत्कृष्ट कर्मचारी (२०८१) पुरस्कृत l
आम्दा अस्पताल खरखरे दमकले एक अवसरका बीच आम्दा अस्पतालका वर्ष २०८१ को उत्कृष्ट कर्मचारी (२०८१)-AMDA Staff of the Year 2025 स्वरूप श्री जीत बहादुर राई लाई पुरस्कृत गरेको छ । दमक नगरपालिकाका मेयर श्री रामकुमार थापाको प्रमुख आतिथ्यता भएको सम्मान कार्यक्रम सम्पन्न भएको थियो । उक्त सम्मान कार्यक्रममा दमक नगरपालिकाका मेयर श्री रामकुमार थापाले सम्मान पत्र, खादा र नगद पाँच हजार रुपयाँ सहित उत्कृष्ट कर्मचारी (२०८१) स्वरूप श्री जीत बहादुर राई लाई पुरस्कार हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष, गोपाल गुरागाईं, नेपाल रेडक्रस सोसाइटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी, कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुनुभएको थियो । उक्त समारोहमा आम्दा नेपालका सह सचिब डा. नविन ढकाल, डा. प्रकाश शर्मा, डा. किशोर सिंह लगायत अस्पतालका अन्य चिकित्सकहरू तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । आम्दा अस्पतालको विभिन्न जिम्मेवारीमा रहेर वर्ष २०८१ मा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको डा. कटेलले जानकारी दिनुभयो । अस्पतालका प्रसाशक सुमन कुमार नेपालका अनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा AMDA DAY को अवसरमा उत्कृष्ट कर्मचारी (२०८१) स्वरूप श्री जीत बहादुर राई लाई घोषणा गरिएको थियो । समापन कार्यक्रममा बोल्दै मेडिकल सुपरीटेन्डेन्ट डा. शिखर कट्टेलले उक्त सम्मान कार्यक्रमले कर्मचारीहरुलाई थप हौसला प्रदान गर्ने भाव ब्यक्त गर्नु भयो साथै आगामी दिनमा थप हौसला मिल्ने विश्वास ब्यक्त गर्नुभयो l उक्त कार्यक्रमबारे अस्पतालका प्रसाशक सुमन कुमार नेपालले जानकारी दिनुभयो l